साझाले गुडाउँदै पाँच विद्युतीय बस ( हेर्नुहोस् फोटोमा)

काठमाडौं–साझा यातायातले पाँच वटा विद्युत्तीय बस सञ्चालनमा ल्याएको छ ।

मंगलबार बिहान ललितपुरको पुल्चोकस्थित हरिहर भवनमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत्तीय बस सञ्चालनको उद्घाटन गरेका छन् ।

काठमाडौं उपत्यकाको बढ्दो प्रदूषणलाई कम गर्ने उद्देश्यले साझाले चालकसहित २० सिट क्षमताको पाँच वटा विद्युत्तीय बस सञ्चालनमा ल्याएको जनाएको छ ।

चिनियाँ कम्पनी बिवाइडीले निर्माण गरेको उक्त विद्युत्तीय बसहरू खरिदका लागि एडीबीले सहयोग गरेको साझा यातायातका निमित्त कार्यकारी प्रमुख महेन्द्रराज पाण्डेले जानकारी दिए । यी बसहरूमा सीसी क्यामेरा समेत जडान गरिएको छ ।

सरकारले विद्युतीय सवारीसाधनमा भन्सार छुट दिएसँगै विभिन्न यातायात कम्पनीहरू वातावरणमैत्री सवारीसाधन तर्फ आकर्षित भएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार