पत्रपत्रिकामा आजःअस्पतालजन्य फोहोरले नारायणी नदी प्रदूषित, वन र वन्यजन्तुका मुद्धा किनारा लगाउन मुस्किल

आज प्रकाशित पत्रपत्रिकाले पर्यटन,वन,उर्जा र प्रदूषणका विषयलाई प्राथमिकताका प्रकाशित गरेका छन् ।

आर्थिक अभियान
‘कानूनद्धारा निर्दिष्ट प्रक्रिया पूरा गरेपछि मात्र नयाँ कीर्तिमान’शीर्षकमा आर्थिक अभियानले प्रथम पृष्ठमा समाचार छापेको छ ।

सर्वोच्च अदालतले कानून निर्दिष्ट प्रक्रिया पूरा गरेपछि मात्र पर्वतारोहरणसम्बन्धी नयाँ कीर्तिमन कायम गर्न सस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आदेश दिएको छ ।

‘जलविद्युत तथा प्रसारण परियोजनामा लगानी गर्न आग्रह’शीर्षकमा समाचार छापिएको छ । उर्जाmजलस्रोत तथा सिँचाइ मन्त्री वर्षामान पुनले उर्जाक्षेत्रमा लगानी लागि चीनसमक्ष आग्रह गरेका छन् ।
गोरखापत्र

‘विपद् जोखिम न्यून गर्न प्राधिकरण गठन गरिने’शीर्षकमा समाचार छापिएको छ । सरकारले विपद्को प्रभावकारी व्यवस्थापनका लागि अधिकार सम्पन्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राविधिकरण गठन प्रक्रिया अगाडि बढाएको छ ।

‘काठमाडौं उपत्यकालाई मेट्रोसिटी बनाउन जोड’शीर्षकमा समाचार छापिएको छ । काठमाडौं उपत्यकाको एकीकृत विकास र व्वस्थित सहर निर्माण गर्न तत्कालीन स्थानीय तह पुन संरचना आयोगले काठमाडौं उपत्यकालाई राजधानी उपत्यका सहर निर्माण गर्न सुझाव दिए पनि स्थानीय तहका जनप्रतिनिधीहरुको त्यसतर्फ ध्यान त्यसतर्फ गएको छैन।
‘अस्पतालजन्य फाहोरले नारायणी नदी प्रदूषित’शीर्षकमा समाचार छापिएको छ। मेडिकल सिटीको रुपमा विकसित हुँदै गएको भरतपुरका अस्पतालबाट निस्केको फोहोर सोझै नारायणी नदीमा फाल्दा पानी प्रदूषित बनेको छ ।
‘वातावरण र मानव विकासको अन्तरसम्बन्ध’शीर्षकमा कल्पना नेपालको विचार छापिएको छ ।

नयाँ पत्रिका
‘भूकम्पले भत्काएका चार हजार विद्यालय पुनर्निर्माण’शीर्षकमा समाचार छापिएको छ ।

भूकम्पले भत्काएका ५० प्रतिशतभन्दा बढी विद्यालय पुनर्निर्माण भएका छन् । भूकम्प प्रभावित ३२ जिल्लामा क्षति पुगेका सात हजार नौ सय २३ मध्ये चार हजार ८९ विद्यालय पुनर्निर्माण भएका हुन् ।

‘वन र वन्यजन्तुका मुद्धा किनारा लगाउन मुस्किल’शीर्षकमा समाचार छापिएको छ । जिल्ला वन कार्यालय १ साउनदेखि खारेज भएपछि वन र वन्यजन्तुसँग सम्बन्धीत मुद्धा किनारा लागाउनै मुस्किल हुन थालेको छ।
पर्यटनबाट समृद्धि कति?शीर्षकमा प्रचण्डमान श्रेष्ठको विचार छापिएको छ ।

समाचारपत्र
‘सिसडोल ल्यान्डफिल्ड साइट सरकारले बनाउने’शीर्षकमा समाचार छापिएको छ ।

लामो समयदेखि काठमाडौं महानगरपालिकाले निर्माण गर्दै आएको सिसडोल ल्यान्डफिल साइटको सडक सरकारले नै बनाउने भएको छ।

सरकार र कामपाबीच सहमति भएपछि सडक विभागले बाटो मर्मत गर्ने भएको छ भने ल्यान्डफिल साइटको व्यवस्थापन शहरी विकास मन्त्रालयबाट हुने भएको छ। कामपाका कार्यकारी अधिकृत यादव कोइरालाले उक्त बाटो मर्मत र ल्यान्डफिल साइटको व्यवस्थापन सरकारले गर्ने सहमति भएको जानकारी दिनुभयो। काटेश्वर–कलंकी खण्डको काम अन्तिम चरणमा शीर्षकमा पनि समाचार छापिएको छ ।

अन्नपूर्ण पोस्ट
‘साइपालमा पहिलो आरोहण हुने’शीर्षकमा समाचार छापिएको छ । हिमालसँग जाडिएको लामो समयपछि सुदुरपश्चिम क्षेत्रको साइपाल हिमाल (७ हजार ३१) को पहिलो पटक आरोहरण हुने भएको छ।

‘दसैंको मौका छोपी गिट्टीबालुवा तस्करी’शीर्षकमा समाचार छापिएको छ ।
बडादसैंको समयमा अनुगमन र नियमनकारी निकाय सुस्ताएको मौका छोपेर नुवाकोटका विभिन्न नदीबाट मापदण्डविपरीत नदीजन्य सामग्रीको व्यापक तस्करी भइरहेको छ ।

नागरिक
‘३९ बिघा जग्गा हडप्न चलखेल’शीर्षकमा रोहित राईले लेखेको समाचार छापिएको छ ।

करिब ५ दशकअघि नापी हुँदा फिल्डबुकमा मात्र दर्ता भएको तर विवादका कारण स्रेस्ता पुर्जा नबनेको बराह क्षेत्र नगरपालिका–२ स्थित बाइस बिघे क्षेत्रको जग्गा हत्याउन भूमाफिया लागिपरेका छन्।

इटहरीको कान्छी चोक हुँदै कोसी नदीमा बनेको नयाँ पुल निस्कने पक्की सडक २२ बिघे क्षेत्र भएर निर्माण भएपछि त्यहाँको जग्गा हत्याउन भूमाफिया सल्बलाएका हुन् ।

चाडपर्वमा घुम्ने आन्तरिक पर्यटकको बानीले पोखरा भरिभराउनेपालमा लगानी भित्र्याउन उर्जामन्त्रीको पहल शीर्षकमा पनि समाचार छापिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार