काठमाडौं । चीनका राष्ट्रपति सि जिनपिङले संसारकै सबैभन्दा लामो सामुन्द्रिक पुलको उद्घाटन गरेका छन् । चीनले झण्डै ९ वर्ष लगाएर समुन्द्रमाथि संसारकै लामो पुलको निर्माण गरेको हो ।
बाटोको सुविधा र पहुँच भएको सो पुलको लम्बाई ५५ किलोमिटर रहेको छ र यसले हङकङलाई मकाउ र चिनियाँ शहर जुहाईलाई जोड्ने छ । यो पुल निर्माणको लागि झण्डै २० विलियन खर्च भएको थियो र विभिन्न समयमा निर्माणमा अवरोध समेत उत्पन्न भएको थियो ।
सो पुल निर्माणका क्रममा सुरक्षासँग सम्वन्धीत विभिन्न समस्याहरु समेत देखिएका थिए । निर्माणको दौराननमा झण्डै १८ जना कामदारले आफ्नो ज्यान गुमाएका थिए । मंगलवार हङकङ, मकाउका नेताहरु सहितको उपस्थितीमा चिनियाँ राष्ट्रपतिले यसको उद्घाट्न गरेका हुन् । यो पुल वुधवारदेखि नियमित सञ्चालनमा आउने छ । यसले मुख्यतः चीनका तटिय शहरहरु हङकङ, मकाउ र जुहाइलाई जोड्ने छ । सो पुल पूर्ण रुपमा भुकम्पप्रतिरोधी रहेको छ भने सामुन्द्रिक आँधीहरुले समेत क्षति गर्न नसक्ने गरी बनाईएको छ । सो पुल निर्माणको क्रममा ४००००० टन स्टीलको प्रयोग गरिएको छ ।
चीनले बनायो समुन्द्रमाथि ५५ किलोमिटर बाटो





