छापामा आजः विद्युतीय सवारीसाधन चलाउन अध्ययन सुरु,विषाक्त ‘लेड’ नियन्त्रण बाहिर

आज प्रकाशित पत्रपत्रिकाले वातावरण र विकासका विषयलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।

कान्तिपुर
‘वनको कार्यक्षेत्र खुम्चियो’शीर्षकमा अब्दुल्लाह मियाले लेखेको समाचार छापिएको छ ।

जिम्मेवारी जिल्लाभरिकै वन हेर्ने तर कार्यक्षेत्र जम्मा ५ वटा वडा । सुन्दा अनौठो लाग्न सक्छ । डिभिजन वन कार्यालय, मनाङ भने यसैमा अभ्यस्त भइसकेको छ । डिभिजनले नासोङ गाउँपालिकाका १, २, ५, ६ र ७ वडाका वन मात्र व्यवस्थापन गर्छ ।

जिल्लामा चारवटा गाउँपालिका छन– चामे, नासोङ, नार्फू र नेस्याङ । नासोङका बाँकी वडा र अन्य तीन गाउँपालिकाका वन अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले व्यवस्थापन गर्ने भएपछि डिभिजन वनको कार्यक्षेत्र खुम्चिएको हो ।

‘दुबईमा रामसार सम्मेलन सुरु’शीर्षकमा समाचार छापिएको छ।

रामसारसम्बन्धी महासन्धिका पक्ष मुलुकहरुको १३ औं सम्मेलन (कोप १३) यूएईको दुबईमा सुरु भएको छ । ’सहरको दिगो विकासका लागि सिमसार’ भन्ने नाराका साथ सुरु भएको सम्मेलनमा नेपालबाट राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईलगायत सहभागी छन् ।

‘दाउन्ने सडकमा दिउँसै बत्ती’शीर्षकमा नारायण शर्माले लेखेको समाचार छापिएको छ ।
व्यस्त पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत दाउन्ने खण्डको खाल्डैखाल्डा र धूलोमा घण्टांै जाममा परेपछि यात्रु सास्ती खेप्न बाध्य भएका छन्  । राजमार्गको बर्दघाट– दुम्किवास खण्डको १४ किलोमिटर सडक पार गर्न घण्टौं लाग्ने गरेको छ  ।
‘सरकारद्वारा अध्ययन सुरु’शीर्षकमा दीपेन्द्र विष्टले लेखेको समाचार छापिएको छ ।

सरकारले चक्रपथ (रिङ रोड) मा विद्युतीय सवारी साधन चलाउन अध्ययन सुरु गरेको छ  । बढ्दो प्रदूषण घटाउन नगर विकास कोषले चक्रपथमा ठूला विद्युतीय सवारी साधन चलाउन अध्ययन सुरु गरेको हो  ।
निकुञ्ज प्रवेश शुल्क बढ्दो शीर्षकमा पनि समाचार छापिएको छ ।

अन्नपूर्ण पोस्ट
‘हिउँदमा पनि आरोहीको चाप’शीर्षकमा समाचार छापिएको छ ।

यस वर्ष हिउँद (शरद् ऋतु) मा पनि हिमालमा आरोहीको चाप बढेको छ । सामान्यतया विगतका वर्षमा यो मौसम (असोज, कात्तिक) मा न्यून मात्रामा आरोहण हुन्थ्यो । आइतबारसम्म ४५ हिमाल आरोहणका लागि एक सय २० आरोहण दलबाट नौ सय ३६ जनाले पर्यटन विभागबाट आरोहण अनुमति लिएका छन् ।

‘विषाक्त ‘लेड’ नियन्त्रण बाहिर’शीर्षकमा समाचार छापिएको छ ।
सरकारले लेड (सिसा) को मात्रा ९० पिपिएम (पार्ट पर मिलियन) मात्र हुनुपर्ने मापदण्ड तोकेको छ। तर नेपालमा प्रयोग हुने वस्तुहरुमा लेडको मात्रा मापदण्डभन्दा सयौँ गुणा बढी भेटिएको छ। सरकारी अध्ययनमा ४७ हजार पिपिएमसम्म विषाक्त लेड भेटिएपछि वातावरणविद्हरुले गम्भीर चिन्ता प्रकट छन्।

गोरखापत्र
‘दश वर्ष वित्दा पनि ट्रयाक खुलेन’शीर्षकमा समाचार छापिएको छ ।
सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले राष्ट्रिय महत्वको धनगढी–दिपायल दुतमार्ग निरीक्षण गर्नुभएको छ ।
सय घरमा उज्यालो र पानीले ल्यायो खुसी शीर्षकमा पनि समाचार छापिएको छ ।

नयाँ पत्रिका
‘हुलाकी राजमार्गको निर्माण कछुवा गतिमा’शीर्षकमा मोहन विष्टले लेखेको समाचार छापिएको छ ।
कञ्चनपुरमा हुलाकी राजमार्ग निर्माणले गति लिन सकेको छैन ।सडकमै सडक निर्माण नहुँदा स्थानीयले हिउँदमा धुलो र वर्षात्मा हिलोको समस्या झेल्दै आएका छन्।

‘निजगढ विमानस्थलको विकल्प छैन’शीर्षकमा माधवकुमार नेपालको विचार छापिएको छ । शौचालय नहुँदा समस्या र श्रमदानबाटै खानेपानी आयोजना शीर्षकमा पनि समाचार छापिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार