चितुवाको छालासहित तीन पक्राउ

काठमाडौं– चितुवाको छालासहित प्रहरीले तीन जनालाई पक्राउ गरेकाे छ।

प्रहरीले १ थान चितुवाको छालासहित बैतडी सिगास गाउँपालिका–२ बस्ने २२ वर्षीय मोहन सिंह रोकाया, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–४ बस्ने २६ वर्षीय अनमोल तामाङ समेत ३ जनालाई पक्राउ गरेको बताएकाे छ।

काठमाडौं महानगरपालिका–३२ कोटेश्वरबाट अवैध रुपमा खरिद बिक्री गर्न ओसारपसार गरी ल्याएको उक्त चितुवाको छाला सहित उनीहरुलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले प्रहरीले असाेज २९ गते पक्राउ गरेको हो।

पक्राउ अभियुक्तहरुलाई प्रहरीले थप आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय काठमाडौं बुझाएको जनाएकाे छ।

ताजा समाचार

सम्बन्धित समाचार