टीका लगाउन विहान ९ बजेर ५१ मिनेटको उत्तम साइत

काठमाडौं–विजया दशमीका दिन शुक्रबार विहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जन गर्ने साइत शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितीले जनाएको छ ।

समितीका अनुसार त्यही दिन विहान ९ बजेर ५१ मिनेटपछि साइतमा टीका लगाउनेका लागि उत्तम रहेको छ ।

र् यो साइत खोज्नेका लागी मात्र हो , समितीका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले भने, शास्त्रीय मान्यताअनुसार सामान्य मानिसलाई टीकाप्रसाद ग्रहण गर्न साइत चाहीदैन ।

विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म देवीको प्रसाद ग्रहण गर्न हुने मान्यता भए पनि स्थान अनुसार यो फरक फरक छ ।

विभिन्न नौ देवीको पुजा अर्चना पश्चात दशमीका दिन त्यहाँबाट जमरा निकालिन्छ भने पुर्ण कलशको जलको अभिसेक पनि लिने चलन छ ।

यसरी लिइएको जलले आयु वढ्ने र राम्रो स्वास्थ्य हुने जनविश्वास छ ।

विजया दशमीकै दिन बिहान ८ बजेर ३५ मिनेटमा पुनः तुलजा भवानीको यात्रा गराउने साइत रहेको समितीले उल्लेख गरेको छ ।
यात्रापछि स्थिरासनको साइत बिहान ९ बजेर ४४ मिनेटमा मिनेटमा राम्रो रहेको छ ।

विजया दशमीकै दिन खड्गयात्रा समेत हुनेछ ।

दुर्गा पक्षमा विधिअनुसार दिइने सम्पूर्ण बलिलाई ६ कार्तिक मंगलबार आश्विन शुक्ल चतुर्दशीका समाप्त गर्नुपर्नेछ ।

७ कार्तिकमा बुधबार कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको व्रत बसी पूजा गरेपछि दशैँ पर्व समापन हुन्छ । यही दिन घरघरमा राखीएको जमरा पनि विसर्जन गरिन्छ ।

उत्तम साइत

देवी विर्सजन : कार्तिक २ गते शुक्रबार विहान ९ बजेर ३९ मिनेट ।

टिकाको उत्तम साइत : कार्तिक २ गते शुक्रबार विहान ९ बजेर ५१ मिनेट ।

बलि विसर्जन : दुर्गा पक्षमा विधिअनुसार दिइने सम्पूर्ण बलिलाई ६ कार्तिक मंगलबार आश्विन शुक्ल चतुर्दशीका दिन विसर्जन गरिने ।

जमरा विसर्जन : कार्तिक ७ गते बुधबार ।

कोजाग्रत पुर्णिमा : कार्तिक ७ गते बुधबार ।

स्रोत : नेपाल पञ्चाङ्ग निर्णायक समिति

ताजा समाचार

सम्बन्धित समाचार