दशैँमा पिङ घट्दै

काठमाडौं–चाचा हुई ई ई …., सररर ………यी यस्ता ध्वनी अचेल उपत्यकामा कम सुनिन थालेको छ । बढ्दो शहरीकरण , पिङ हाल्ने स्थानको कमी र पश्चिमा संस्कृतिको प्रभाव तथा अन्य मनोरन्जनात्मक तत्वका कारण अचेल पिङको संख्या घट्दै गएको छ ।

खुसीयाली र उमङ्ग बोकेर आएको नेपालीहरुको महान चाड दशैँमा पिङ खेल्ने गरिन्छ । भनिन्छ , पिङ खेल्नाले परम्परा धान्नुका साथै एउटा छुट्टै अनुभुति हुन्छ ।

लिङ्गे पिङ , रोटे पिङ, डोडे र जाँते पिङ पहिले देखी नै खेलीदै आएपनि अचेत लिङ्गे पिङ नै प्रचलनमा आएको देखीन्छ । हाम्रो घरवरपर खेलीने पिङ, वासबाट बनेको हुन्छ । ४ वटा या ६ वटा वासका लिङ्गोमा माथिबाट काठ अड्याएर डोरी बानेर पिङ तयार पारिन्छ ।

वर्षमा एकपल्ट आउने चाडमा पिङ खेल्नुपर्ने ३५ वर्षीय नमराज शर्मा बताउछन् र्। पिङ खेल्नुपर्छ वर्षमा एक पटक आउने चाड दशैँमा , उनले भने , पिङ खेलेर धर्ति छोड्नुपर्छ , दशैँमा खाएको पनि पच्छ , एकदम रमाइलो हुन्छ । पिङ खेल्नुपर्छ भन्ने भनाइ आइरहदा कति जना पिङ भन्दा पनि अन्य मनोरन्जनात्मक तत्वमा भुलिरहेका हुन्छन् ।

पिङ हाल्ने ठाँउ हुनुप¥यो नि , बानेश्वरका दिलिप बस्नेतले भने र्, पिङ हाम्रो संस्कति झल्काउने तत्व भएपनि हामी बाध्य भएर , दशैँको फुर्सद कटाउछौँ । घरहरु बढ्दै जाँदा स्थानको अभाव हुन जान्छ । सडकको छेउछाउमा पहिले पहिले पीङ हालीने गरेपनि अचेत सवारीको चापसँगै त्यहाँ पीङ हाल्न संभव भएको छैन ।

प्रायगरी बच्चाहरु नै पिङमा तल्लिन हुने भएपनि युवा वर्गाले पनि पिङ नखेल्ने होइनन् । तर कोही भने कहाली लाग्ने डरले पिङ खेल्दैनन् र्।

पिङ म त्यत्ति खेल्दिन ,४४ वर्षीय रेनुका आचार्यले भनिन् , पिङ मच्चीदा मलाई डर लाग्छ, तर हाम्रो संस्कृति भएकाले एकपटक भएपनि पिङ खेल्ने प्रयास गर्छु । वरपर पिङ नहुँदा ,त्यो संभव छैन , उनले थपिन् । संस्कृतिसँग मात्र नभई पिङको सम्बन्ध खानपान , स्वास्थ्य र मनोरन्जनसँग रहेको संस्कृतिविद् मधुसुधन सुवेदीले बताए र्।

दशैँमा रमाइलो हुन्छ , धेरै मासुका खाद्यान्न र पकिार खान्छौँ , उनले भने , हात गोडा तन्काउन र रमाइलो गर्न पिङले मद्धत गर्छ । अहिले बेस्सरी मच्चिएर खेलीने पिङका बारेमा अनविज्ञता प्रकट गर्छिन् ८० वर्षीय भगवती उपाध्याय र्।

पहिला पिङ त लिङ्गे पिङ खेल्थे ,रोटे पिङ खेल्थे , रुखमा हालेको डोडे पीङ खेल्थे , उनले भनिन् , अहिले त त्यस्तो चलन छैन , पिङ हाल्ने नै कम भयो ।

पिङका लागी भनेर किन्ने डोरीको पैसा उठाउन घरघरमा आउने गरेको उनि संझन्छिन् । पिङ जस्तै चङ्गा उडाउने पनि हाम्रो समाजमा कम हुँदै गएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार