काठमाडौं सुनसान बन्दै , २५ लाख बाहिरिए

काठमाडौं– दशै–तिहार मनाउन काठमाडौँ उपत्यकाबाट बुधबार विहानसम्म २५ लाख ३ हजार ३ सय ७४ जना उपत्यकाबाट बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

गत २४ घण्टामा भने उपत्यकाबाट बाहिरिनेको संख्या १ लाख ७४ हजार ८ सय २४ रहेको महानगरीय टाफिक प्रहरी महाशाखाले बताएको छ ।

घटस्थापनापछि उपत्यकाका अधिकांस स्कुल–कलेज बन्द भएसँगै उपत्यकाबाहिर जानेको संख्या बढेको भएपनि फूलपातीबाट भने उपत्यका छाड्ने संख्या कम हुदै गएको महाशाखाका प्रमुख वसन्त पन्तको भनाइ छ ।
विगत दुई दिनदेखि काठमाडौँको चहलपहल घटेको छ ।

निजी मात्र होइन सार्वजनिक यातायातका साधनसमेत कम चल्न थालेका छन् । अहिले काठमाडौँका प्रायः सडक र पसल सुनसान देखिएका छन् ।
काठमाडौँ उपत्यकाको मुख्य नाका नागढुड्गाबाट अहिले सम्म २ लाख ८० हजारभन्दा बढी सवारी साधनले आवत जावत गरिसकेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार