नागरिक र कान्तिपुर दैनिकका पूर्वअध्यक्ष ज्ञवाली रहेनन्

काठमाडौं–नेपाल रिपब्लिक मिडिया र कान्तिपुर पब्लिकेसन्सका पूर्वअध्यक्ष हेमराज ज्ञवालीको ७९ वर्षको उमेरमा शनिबार बेलुका निधन भएको छ।

‘ गंगालाल हृदय रोग केन्द्रमा उपचारका क्रममा उनको माइल्ड अट्याक’बाट निधन भएको जनाइएको छ।

उनी नागरिक दैनिक र माइ रिपब्लिका अंग्रेजी दैनिक प्रकाशित गरिरहेको नेपाल रिपब्लिक मिडियाका संस्थापक अध्यक्ष हुन्। त्यसैगरी ज्ञवाली कान्तिपुर पब्लिकेसन्सका पनि पूर्वअध्यक्ष थिए।

ज्ञवालीले निजी क्षेत्रबाट मिडिया व्यवसायलाई संस्थागत गरेका थिए। १९९५ सालमा गुल्मीमा जन्मेका ज्ञवालीका श्रीमती र तीन छोरा छन्।

ताजा समाचार

सम्बन्धित समाचार