फिलिपिन्समा एक लाख जातका धानको बीऊ संरक्षित

काठमाडौं–फिलिपिन्समा एक लाख जातका धानको बीऊ संरक्षण गरेर राखिएको छ।

धान भविष्यका लागि भन्दै वैज्ञानिकहरूले त्यहाँ स्थापना भएको जीनबैंक (बीऊबैंक) मा बीऊ संरक्षित गरेर राखेको बीबीसीले जनाएको छ। समाचार अनुसार इन्टरनेसनल राइस रिसर्च इन्स्टिट्युटको बीऊबैंकमा संकलित बीऊ प्रयोग गरेर खडेरी र बाढी थेग्न सक्ने धान विकसित गर्ने प्रयास भइरहेको छ।

क्रप ट्रस्टकी कार्यकारी निर्देशक मारिए हागाका अनुसार धानको बीऊ संरक्षण तुलनात्मक रूपमा सजिलो छ, भने कम तापक्रममा पनि सयौं वर्षसम्म सुरक्षित राख्न सकिन्छ। संरक्षण गरेर राखिएको बीऊबाट उन्नत जातका धान विकसित गर्न सकिने र उत्पादनमा भोग्नुपर्ने चुनौतीलाई मध्येनजर गरेर प्रयोग गर्न सकिने समाचारमा उल्लेख छ।

पछिल्लो समय विश्वमा तापमानवृद्धि भइरहेको छ। जसकारण खाद्यान्न आपूर्ति नबिथोलियोस् भनेर बीऊबैंकमा बीऊ भण्डारण गरिँदै आएको छ।

फिलिपिन्सको बाढीग्रस्त क्षेत्रमा पनि सप्रिने एकथरी धान विकसित गरिसकिएको छ। कीरा, रोगव्याधी र बाढी, सुख्खा थेग्न सक्ने गुण भएका नयाँ बाली विकसित गर्न धानमा आनुवंशिक विविधिता छ।

ताजा समाचार

सम्बन्धित समाचार