काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले संरक्षित वन्यजन्तु सालकको छाला सहितको खपटा (आखेटोपहार) सहित दुई जनालाई पक्राउ गरेको छ।
वातावरण तथा वन्यजन्तुसँग सम्बन्धित अपराध रोकथाम, नियन्त्रण तथा अनुसन्धानका लागि खटिएको सीआइबीको टोलीले सालकका एक किलोग्राम एक सय ग्राम तौल रहेको छालासहितको खपटा सहित दुई जनालाई बालाजुबाट पक्राउ गरेको हो।
सीआइबीका अनुसार पक्राउ वर्नेमा रामेछाप दोरम्बा गाउँपालिका– २ का देवराज श्रेष्ठ र दोलखा सैलुंग गाउँपालिका–१ का ज्ञानबहादुर श्रेष्ठ रहेका छन्।
उनीहरुलाई कानूनी कारबाहीका लागि डिभिजन वन कार्यालय, हात्तिसार बुझाइएको जनाइएको छ। सालक साइटिस महासन्धि १९७५ को अनुसूची १ मा लोपोन्मूख प्रजातिको सूचीमा सूचीकृत वन्यजन्तु हो।





