एनआरएनएले बनाएको शंखमूल पार्क महानगरलाई हस्तान्तरण

काठमाडौं–गैरआवासीय नेपाली संघ (एनआरएनए) ले निर्माण गरेको ललितपुरको शंखमूल पार्क स्थानीय सरकारलाई हस्तान्तरण गरिएको छ।

३२ रोपनी क्षेत्रफलमा फैलिएको पार्क एनआरएनएका अध्यक्ष भवन भट्टले ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनलाई हस्तान्तरण गरे। कार्यक्रममा शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईको पनि उपस्थिति थियो।

एनआरएनएको २ करोड ४२ लाख ९९ हजार लागतमा स्पेश क्राफ्ट कम्पनीले निर्माण गरेको शंखमूल पार्कमा स–साना पोखरी, धारा लगायत संरचना बनाइएको छ।

ताजा समाचार

सम्बन्धित समाचार