‘वाटर एटीएम’ को नमूना सार्वजनिक, दुर्इ रुपैयाँमै खानेपानी

काठमाडौं– सरकारले  खानेपानीका लागि  ‘वाटर एटीएम’ को नमूना सार्वजनिक गरेकाे छ। खानेपानी मन्त्री बिना मगरले बिहीबार काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, ललितपुरको सैंबु, भैंसेपाटीमा ‘वाटर एटीएम’ को नमूना सार्वजनिक गरेकी हुन्। उनले एटीएमबाट पानी पिएकी थिइन्।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा. संजीवविक्रम राणाका अनुसार वाटर एटीएमलाई नेपालीमा पँधेरो नामाकरण गरिएको छ।

निश्चित थोरै पैसा तिरेपछि पानी पिउन पाइने अवधारणा स्वरुप वाटर एटीएमको सुरुवात गरिएको बताउँदै उनले भने, ‘एटीएमबाट २ सय मिलिलिटर र एक लिटर पानी झारेर पिउन पाइने व्यवस्था  छ ।’ २ सय मिलिलिटर पानीको मूल्य दुई रुपैयाँ र एक लिटर पानीको मूल्य १० रुपैयाँ ताेकिएकाे जनाइएकाे छ।

एटीएममा दुई रुपैयाँको क्वाइन राखेमा पानी झर्ने व्यवस्था गरिएको छ, भने छुट्टै एटीएम कार्ड प्रयोग गरेर पनि पानी पिउन पाइनेछ।

ताजा समाचार

सम्बन्धित समाचार