दुई पानी उद्योगको उत्पादन बन्द

नेपालगञ्ज–मापदण्डविपरीत उत्पादन र बिक्रीवितरण गर्ने बाँकेका दुई पानी उद्योगलाई बन्द गरिएको छ।

बाँके जानकी गाउँपालिका–३ करमोहनास्थित जेएमसी वाटर उद्योग र हिमालयन ड्रिङकिङ वाटर एण्ड वेभरेजको उत्पादन बन्द गरिएको संयुक्त बजार अनुगमन टोलीले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयको अगुवाइमा भएको अनुगमन टोलीमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिको सहभागिता थियो। रासस

ताजा समाचार

सम्बन्धित समाचार