काठमाडौं–संघीय संसदको विकास तथा प्रविधि समितितिले विकास निर्माणको काम समयमै सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।
समितिकी सभापति कल्याणी खड्काले तोकिएकै समयमा गुणस्तरीय काम नगर्ने ठेकेदार कम्पनीलाई कारबाही गर्न र काम गर्ने क्षमता नभएका कम्पनीलाई निर्माणको जिम्मा नदिन सरकारलाई निर्देशन दिएकी हुन्।
बुधबार सिंहदरबारमा पत्रकारहरुसँग अन्तरक्रिया गर्दै उनले काम नगरी मनपरी निर्माण सामाग्रीको प्रयोग गर्ने र विभिन्न बाहना बनाउँदै काम ठग्ने ठेकेदारको पहिचान गर्न र ढिला सुस्तीले योजना प्रभावित भएको थाहा पाउने बित्तिकै कडा करबाही गर्न भनेकी हुन्।
सभापति खड्काले राष्ट्रिय गौरवको आयोजना निर्माणको काममा तीव्रता दिन ढिलाई नगर्न पनि सरकारसँग आग्रह गरिन्।





