वनमन्त्री बस्नेत बेलायततिर

काठमाडौं– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत बेलायत प्रस्थान गरेका छन्।

अवैध वन्यजन्तुको अंगप्रत्यंग (आखेटोपहार) बेचविखन नियन्त्रणसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी मंगलबार राति त्यसतर्फ प्रस्थान गरेका हुन्। सम्मेलन बिहीबार र शुक्रबार लण्डनमा हुँदैछ।

वन मन्त्रालयका अनुसार सम्मेलनमा एसिया, युरोप र अफ्रिकासहित विभिन्न ५० मुलुकका प्रतिनिधिको सहभागिता हुनेछ।

मन्त्री बस्नेतले बिहीबार सम्मेलनको उद्घाटनसत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए।

ताजा समाचार

सम्बन्धित समाचार