छापामा आजः बाली छाडेर बाँस,विमानस्थल बनाउनुहुन्न भन्नेहरु राष्ट्रघाती

आज प्रकाशित पत्रपत्रिकाले वन,वातावरण र विकासका विषयलाई प्राथमिकताका साथ छापेका छन् ।

कान्तिपुर
‘पैसा बग्यो, पानी बगेन’ शीर्षकमा हरिराम उप्रेतीले लेखेको समाचार छापिएको छ ।

गोरखा नगरपालिका १०, ११ र १२ का टारमा सिँचाइ गराउन आव ०५८ र ५९ कुन्दुरटार सिँचाइ आयोजनाको काम सुरु भएको थियो  । छेवेटार र कुन्दुरटारलगायत ५ सय ५० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउन सुरु भएको आयोजना १६ वर्षदेखि अधुरै छ  ।

‘बाली छाडेर बाँस’शीर्षकमा कान्तिपुरको प्रथम पृष्ठमा समाचार छापेको छ ।
बाँसखेती र व्यवसाय गर्नेहरूले प्रयोग गर्ने केही शब्द नेपाली शब्दकोशमा छैन । बाँसको २०–२५ घना मिलाएर एक ‘बोजा’ बन्छ । पाँचदेखि सात बोजा मिलाएपछि एक ‘चेफा’ । त्यो चेफालाई नदीमा लगाएर ठेल्ने बाँसको लट्ठीलाई व्यवसायीहरू ‘चहरी’ भन्छन ।

‘हिमाली बासिन्दालाई खाद्यान्न भित्र्याउने चटारो’शीर्षकमा समाचार छापिएको छ ।

गाउँपालिकाको भदौ पहिलो साताको बैठकपछि फर्किएका फक्तालुङ ७ का गाउँकार्यपालिका सदस्य छेतेन वालुङ असोज तेस्रो साता बल्ल गाउँपालिका आए  । गाउँपालिका प्रवक्ताको समेत जिम्मेवारी निर्वाह गरिरहेका उनी झन्डै २ महिना सम्पर्क्विहीन जस्तै भए  ।

यो क्षेत्रमा फोन सम्पर्क हुँदैन । त्यसैले उनीसँगको सम्पर्क पनि टुटेको हो । उनी घरायसी काममा व्यस्त थिए । ओलाङचुङगोला, याङमा पापुङको तोक्पेगोलाजस्ता हिमाली बस्तीमा यतिबेला खाद्यान्न भित्र्याउन भ्याइनभ्याइ छ ।
धमाधम बनाइँदै सडक शीर्षकमा पनि समाचार छापिएको छ ।

राजधानी
‘सम्मेलन केन्द्र बनाउन थप ५२५ रुख काटिने’शीर्षकमा समाचार छापिएको छ । बुटवलमा निर्माणधनि अन्तराष्ट्रिय सम्मेलन केन्द्रको दास्रो र तेस्रो चरणको भाग निर्माणका लागि थप ५२५ ठुला रुख काट्नेपर्ने देखिएको छ ।

‘विमानस्थल बनाउनुहुन्न भन्नेहरु राष्ट्रघाती’शीर्षकमा ध्रुव लम्सालको विचार छापिएको छ । निजगढ अन्तराष्ट्रिय विमानस्थल अहिले सबैभन्दा धेरै चर्चाको विषय बनेको छ। राष्ट्रिय गौरवको यो आयोजना निर्माण गर्नुपर्ने हजारौं कारण छन् ।तर,केहि मान्छेहरुको रोइलो सुन्दा लाग्छ,बनाउन नहुने कारण पनि प्रशस्तै छ ।

नेपाल समाचारपत्र
‘अनुगमनपछि सरसफाइ गर्न निर्देशन’शीर्षकमा समाचार छापिएको छ । दसैंको मुखमा उपभोक्तालाई गुणस्तरीय सामग्री उपलब्ध गराउने उद्देश्यले बजार अनुगमनलाई तिब्र पारेको काभ्रेको समाचार छापिएको छ।

एक हप्तादेखि तानसेनको फोहोर उठेन र उज्यालो प्यूठान मेरो जिम्माःउर्जामन्त्री शीर्षकमा पनि समाचार छापिएको छ ।

अन्नपूर्ण पोस्ट
‘टिकटमा कालोबजारी’शीर्षकमा प्रथम पृष्ठमा निर्दोष घोरसाइनेले लेखेको समाचार छापिएको छ ।

सुभद्रा बस्नेतले सरकारी भाडा दरमा टिकटै पाइनन्। उनी बीपी राजमार्गबाट हाइसमार्फत मोरङ मधुमल्ला जान लागेकी थिइन्। कोटेश्वरमा सरकारले भाडादरसहित राखेको हेल्प डेक्सबाट फोटो खिचेर उनी तीन दिनसम्म टिकट काउन्टर धाइन्।

‘हेल्प डेक्समा मधुमल्लाको भाडा दर नौ सय २५ लेखेको छ’, बस्नेतले भनिन, ‘मैले फोटो खिचेर काउन्टरमा देखाएँ। तर, कर्मचारीले तोकिएको दरमा टिकटै दिएनन्। छैन भन्दै फर्काइदिए।’

‘यसपालि पनि टहरामै दसैं’शीर्षकमा समाचार छापिएको छ। चार वर्षदेखि टहरामै दसैं मानदै आएका चारिकोट नजिकै रहेका भीमेश्वर नगरपालिका २ फुलपाका ६४ परिवारको दसैं यसपालि पनि टहरामा नै बित्ने भएको छ ।

चितवाको छाला तस्करीमा सैनिक जवान,साइपाल आरोहण गर्नेलाई स्वागत र पर्यटकीय गन्तव्य बन्यो ह्यात्रुङ झरना शीर्षकमा पनि समाचार छापिएको छ

नागरिक
‘स्थानीय सरकार चुरे दोहनमा सक्रिय’शीर्षकमा योगेश रावलले लेखेको समाचार
साचार छापिएको छ ।

चुरे संरक्षणका लागि संघीय र प्रदेश सरकारले प्रयत्न गरिरहेका बेला स्थानीय सरकार भने उल्टै दोहनमा सक्रिय भएका छन् । कैलालीको मोहन्याल गाउँपालिकाले चुरे क्षेत्रसँगै जोडिएका खोलानालाबाट ढुंगा संकलनको ठेक्का दिएपछि चुरे दोहनको क्रम तीव्र बनेको हो।

हुलाकी सडक बन्न नदिन चलखेल भएको आरोप,सडक मर्मत भएपछि दसैं मान्न सजिलो शीर्षकमा पनि समाचार छापिएको छ ।

‘दैनिक मूल्यवृद्धिले उपभोक्ता चिन्तित’शीर्षकमा नगेन्द्र उपाध्याय र गोविन्द केसीले लेखेको समाचार छापिएको छ ।
वीरेन्द्रनगर–१० कि आमपूरा शाही दैनिक उपभोग्य वस्तुमा भएको मूल्यवृद्धि देखेर चिन्तित छिन् । ‘हप्तैपिच्छे उपभोग्य वस्तुको मूल्य फरक–फरक हुन्छ,’ हटियालाइनमा भेटिएकी शाहीले भनिन्, ‘हामीजस्ता न्यून आय भएकाहरुका लागि दुई छाक राम्रोसँग खान पनि मुस्किल भइसक्यो।’

ताजा समाचार

सम्बन्धित समाचार