काठमाडौं– प्रहरीले चार थान चितुवाको छालासहित नागढुङ्गाबाट चार जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले कपिलवस्तुका सुराजन थापा, गोरखाका सलिम मिया, स्याङ्जा सोमराज श्रेष्ठ र अर्घाखाँचीका मानबहादुर नेपालीलाई चितुवाको छालासहित मंगलबार पक्राउ गरेको जनाएको छ।
परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीका अनुसार पक्राउ परेका चारैजनालाई थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय हात्तिसार पठाइएको छ।





