आज प्रकाशित पत्रपत्रिकाले वन,वातावरण र विकासका विषयलाई प्राथमिकताका साथ प्रकाशिच गरेका छन् ।
नागरिक
‘बूढीगण्डकी आफैं बनाउःकाँग्रेस’शीर्षकमा विष्णु बेल्वासेले लेखेको समाचार छापिएको छ ।
मुलुकको सबैभन्दा ठुलो जलविद्युत आयोजना बूढीगण्डकी कसले बनाउने भन्ने विषय लामो समयदेखि विवादित छ ।प्रमुख राजनीतिक दलहरुल स्वदेशी पुँजीमा निर्माण गर्ने र चिनियाँ कम्पनीलाई दिने भन्ने दुई धारमा विभाजित छन् ।
पर्यटन प्रवर्घन गर्न एनआरएनएको नमस्ते अभियान,श्रम ऐन कार्यान्वयन नहुँदा चिया मजदुर हडताल र केरा बजारमा बिचौलिया हावी शीर्षकमा पनि समाचार छापिएको छ ।
अन्नपूर्ण पोस्ट
‘फुर्सदमा हाइकिङ’शीर्षकमा छेटु शेर्पाले लेखेको समाचार छापिएको छ । उपत्यकाको प्रदूषण छल्न पनि वरपरका डाँडापाखामा निष्कनु उपयुक्त हुन्छ । सहरी बालबालिकालाई ग्रामिण परिवेश,गाउँले जनजीवन र नयाँ ठाउँ,वस्तुको अनुभव दिनु अभिभावकको दायित्व हो ।
राजधानी
‘स्मार्ट बत्ती जडान गर्दै ललितपुर महानगर’शीर्षकमा आजको राजधानी दैनिकले राससको समाचार छापेको छ । रातको समयमा सडक दुर्घटनामा पर्नुभएको छ ? अँध्यारोमा सवारी चलाउँदा तपाई सवारीको बत्ती बिग्रिएर हैरान हुनुभएको पनि हुनसक्छ । अर्कातर्फबाट आएको सवारीको बत्ती धेरै चहकिलो हुँदा आँखा नै तिरीमिरी भएर पनि तपाईलाई गाह्रो भएको हुन सक्छ ।
यदि तपाई रातको समयमा दैनिक पैदलयात्रा गर्नुहुन्छ भने अँध्यारोले गर्दा असुरक्षित महसुस गरिरहनुभएको होला । त्यसो हो भने पनि ढुक्क हुनुहोस्, ललितपुर महानगरपालिकाको मुख्य सडक छिट्टै झलमल्ल हुँदैछ । महानगरपालिकाले सवारी आगमन बढी हुने सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्दैछ ।
‘२६ हजार ८७८ रूख काटिए, वृक्षारोपण शून्य’शीर्षकमा ईश्वर तामाङले लेखेको समाचार छापिएको छ ।
संवेदनशील मानिएको चुरे र महाभारत पर्वत शृंखलामा तीन वर्षयता हजारौं रुख काटिएका छन । त्यस क्षेत्रमा विद्युत र सडक विस्तारसँगै सामुदायिक वनको कार्ययोजना अनुसार उदयपुरमा २६ हजार ८७८ रुख काटिएको छन् ।
जिल्लाको सामुदायिक वन क्षेत्रबाट ८ हजार ३९३ रुख काटिएको छ भने सगरमाथा लोकमार्ग, नदाहा–फत्तेपुर–धरान–चतरा–सिन्धुली–हेटौंडा सडक योजना, सोलु विद्युत कोरिडोर १३२ केभी र हेटौंडा–ढल्केबर–दुहबी ४०० केभी प्रसारण लाइन आयोजना विस्तारका लागि रुख काटिएका हुन् ।
उदयपुरमा सडक तथा आयोजनाको नाममा २६४ दशमलब ४४ हेक्टर क्षेत्रफलबाट १८ हजार ४८५ रुख काटिएको छ । आयोजना विस्तारका क्रममा हरियो रुख नै काटिएका छन् । सामुदायिक वनले भने ढलापडा र सुख्खा रुख कटान गरेको हो । सरकारले तोकेको मापदण्डअनुसार नै रुख काटिए पनि सरकारको नीतिअनुरुप वृक्षरोपण भने गरिएको छैन ।
‘बदलिँदो परिवेशमा जलस्रोत व्यवस्थापन’शीर्षकमा हरिबहादुर थापाको विचार । प्रतिव्यक्ति स्वच्छ पानी उपलब्धताको हिसाब जलस्रोत क्षेत्रमा समग्र रुपमा नेपालको अवस्था राम्रो नै मानिन्छ ।तर,नेपाललाई ब्राजिलपछि जलस्रोत दोस्रो धनी मुलुक भनेर कुन आधारमा भनिएको वा व्याख्या गरिएको हो ।त्यसको पुष्टि गर्ने आधारहरु सार्वजनिक भएका छैनन् ।
स्वदेशी पुँजीमा बूढीगण्डकी आयोजना बनाउ र उखु किसानको रकम भुक्तानी गर्न दिर्नेशन शीर्षकमा पनि समाचार छापिएको छ ।
नेपाल समाचारपत्र
‘फोहोर पानी प्रशोधन केन्द्र निर्माण दशैँपछि’शीर्षकमा सुरेश तामाङले लेखेको समाचार छापिएको छ ।
बाग्मती, विष्णुमती, धोविखोला, मनोहरा, नख्खु देशको केन्द्रीय राजधानी अन्तर्गतका मुख्य नदी तथा खोलानाला हुन् । यी नदी तथा खोलानालाको नाम लिने बित्तिकै स्वच्छ पानी सलल बगेको याद आउँछ । तर यहाँका यी नदी तथा खोलानालाको कथा भिन्नै छ ।
नदी छेउ पुगेर पानीसँग खेल्ने, रमाउनेको कुरै छोडौं, छेउसम्म पर्ने आँट गर्दैनन् जोकोही पनि । नदी तथा खोलामा बढेको प्रदुषणकै कारण यस्तो दुष्परिणाम भोग्नु परेको हो ।
नदी तथा खोला छेउमै सडकको बैकल्पिक व्यवस्था गरे पनि राजधानीबासी डुङ डुङ्ती गनाउने गन्धलाई बेवास्ता गर्दै यात्रा गर्न बाध्य छन् । बढ्दो शहरीकरणसँगैको चापले यी नदी तथा खोलानालाको हविगत यस्तो बनेको जानकारहरु बताउँछन् । घर, कार्यालय, होटल, कलकारखाना लगायतबाट निस्केका अप्रशोधित फोहोर पानीयुक्त ढल सिधै यी नदी तथा खोलानाला मिसाउनु यसको मुख्य कारण हो ।
‘एनआरएनएले ‘टुरिजम प्रमोसन इयर’ मनाउने’शीर्षकमा समाचार छापिएको छ ।नेपाल भ्रमण वर्ष सन् २०२० लाई प्रवद्र्धन गर्नका निम्ति गैरआवासीय नेपाली संघ (एनआरएनए) ले २०१९ लाई ‘टुरिजम प्रमोसन इयर’ का रूपमा मनाउने भएको छ ।
सरकारले नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्षका मनाउने र २० लाख पर्यटक भित्र्याउने योजान अघि सारेको छ । सोमबार नेपाल पर्यटन बोर्ड र एनआरएनद्वारा आयोजित नेपालको पर्यटनका दीर्घकालीन रणनीति विकासमा एनआरएनएको भँमिका विषय अन्तत्र्रिmया कार्यक्रममा बोल्दै संघका अध्यक्ष भवन भट्टले सन् २०१९ मा विश्वका ८० देशमा टुरिजम प्रमोसन कार्यक्रम गरिने बताउनुभयो हो ।
‘किबी जोन कार्यक्रमको तयारी’शीर्षकमा समाचार छापिएको छ ।व्यावसायिक रुपमा किबी खेती हुँदै आएको इलाम जिल्लामा चालँ आर्थिक वर्षबाट किबी जोन कार्यक्रम सञ्चालन हुने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्लामा ‘किबी जोन’ कार्यक्रम सञ्चालनको तयारी थालिएको हो ।
पाँचसय हेक्टर क्षेत्रफलमा किबी जोन फैलिने छ । यो कार्यक्रम जिल्लाको सन्दकपुर गाउँपालिकाका सबै (पाँचवटै वडा) र इलाम नगरपालिकाका चारवटा वडामा सञ्चालन हुनेछ ।
कान्तिपुर
‘रूख कति काट्ने प्रधानमन्त्री र मन्त्रीले भन्ने होइन’शीर्षकमा समाचार छापिएको छ ।
वातावरणविद्हरूले निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माण क्रममा रूख काट्ने विषय विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) ले बोल्ने भएकाले जथाभावी नबोल्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई सुझाएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वअधिकारी वीरेन्द्रकुमार सिंहले विमानस्थलका लागि कति रूख काट्ने र कति क्षेत्रफल चाहिन्छ भन्ने प्रधानमन्त्री र मन्त्रीको विषय नभएको तर्क गरे। ‘कति रूख काट्ने पहिला डीपीआर हुनुर्पयो,’ सेभ द इन्भाइरन्मेन्ट फाउन्डेसनले सोमबार गरेको अन्तरक्रियामा सिंहले भने, प्रधानमन्त्री र मन्त्रीले यति काट्ने, उति काट्ने भन्ने होइन।’
‘कुलेखानी यो वर्ष पनि भरिएन’शीर्षकमा प्रताप विष्टले लेखेको समाचार छापिएको छ ।
नेपाल विद्युत् प्राधिकरणको ‘ब्याकअप’ का रूपमा रहेको कुलेखानी जलाशय यो वर्ष पनि भरिएन । जलाधार क्षेत्रमा वर्षा भएकाले यो वर्ष कुलेखानी जलाशय भरिने आशा गरिएको थियो ।
साउनदेखि झन्डै २४ सै घन्टा कुलेखानी प्रथम र दोस्रो दुवै आयोजना सञ्चालन गर्नुपरेकाले जलाशय भरिन समस्या भएको हो । ‘यो वर्षायाममा कुलेखानी सञ्चालन गर्नु नपरेको भए यतिबेला जलाशय भरिएको अवस्थामा हुने थियो,’ कुलेखानी प्रथमका एक प्राविधिकले भने, ‘विगत तीन महिनादेखि कुलेखानी सञ्चालनमा आइरहेकाले जलाशय नभरिएको हो, वर्षायाममा सञ्चालन गर्न नपरेको भए कुलेखानी भरिसक्थ्यो ।’





