जलवायु परिवर्तन अनुकुलनको काम तत्काल थाल्नुपर्छ : मन्त्री बस्नेत

काठमाडौं– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नेपालले जलवायु परिवर्तन अनुकुलनको काम तत्काल गर्नुपर्ने बताएका छन् ।
वन तथा वातावरण मन्त्रालय र जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धी (यूएनएफसीसी) को संयुक्त आयोजनामा साेमबारदेखि काठमाडाैंमा अायाेजित ‘जलवायु परिवर्तन महासन्धी अन्तर्गत अनुकुलन कार्यक्रमको राष्ट्रिय रिपाेर्ट पेश गर्नेको लागि श्रमता अभिवृद्धि तालिम र गोष्ठी’ मा वनमन्त्री बस्नेतले भने, ‘बढ्दो जलवायु परिवर्तनले नेपाललाई पनि प्रभाव पारेको छ । अझ नेपाल जस्तो कम विकसित मुलकमा तत्काल जलवायु परिवर्तन अनुकुलनको काम गनुपर्ने देखिन्छ।’
तालिमले जलवायु परिवर्तनको असरबाट बच्न अनुकुलनका लागि क्षमता अभिवृद्धिमा योगदान गर्न मन्त्री बस्नेतले बताए। उनले जलवायु परिवर्तन नीति संशोधनको तयारी समेत थालेको बताए। उनले हालै नेपालका विभिन्न ठाउँमा आएको बाढीले ठूलो धनजनको क्षति भएको बताए।
वन तथा वातावरण मन्त्रालयका सचिव डा.विश्वनाथ ओलीले जलवायु परिवर्तन वातावरणसँगै विकाससँग जोडिएको मुद्दा पनि भएको बताए। उनले जलवायु परिवर्तन असरबाट बच्नको लागि अरु देशले अपनाएका राम्रो अभ्यास नेपालले सिक्न आवश्यक रहेको उल्लेख गरे।
नेपाल जलवायु परिवर्तनका कारण जोखिममा परेको हुँदा जलवायु अन्तर्गत समन्वय अनुकुलन कार्यक्रम कार्यान्वयन,तिनको प्रगति जलवायु परिवर्तन महासन्धी सचिवलयले रिपोटिङ गनुपर्नै  भएकोले यस प्रकारको क्षमता अभिवृद्धि कार्यक्रम नियमित रुपमा सञ्चालन गर्ने आवश्यक रहेको वन तथा वातावरण मन्त्रालय अन्तर्गत जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा. महेश्वर ढकालले बताए।
चार दिनसम्म चल्ने उक्त तालिम तथा गोष्ठिमा जलवायु परिवर्तनको क्षेत्रमा काम गर्न एसिया एन्ड प्यासिफिक क्षेत्र र पूर्वी यूरोप ४१ देशका विज्ञहरुको सहभागिता रहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार