काठमाडौं- विश्वमा बढ्दो तापमान रोक्नका लागि राजनीतिक तहले मात्र नभई समग्र समाजले नै गम्भीर रुपमा सोच्नुपर्ने बेला आइसकेको चेतावनी वैज्ञानिकहरूले दिएका छन्।
उनीहरूले तापमान वृद्धि एकदमै संवेदनशील मोडमा पुगेको त्यसका लागि तत्काल केही गर्न आग्रह गरेका छन्। उनीहरूका अनुसार तापमान वृद्धिलाई १.५ सेल्सीयसमा राख्ने कार्य निकै चुनौतीपूर्ण बन्दै गएको छ र अहिलेका प्रयासहरू एकदमै अपर्याप्त छन र यस्तै भएमा त्यो ३ सेल्सीयसमा पुग्नेछ।
१.५ भन्दा सेल्सीयसमा राख्नका लागि अहिलेको समग्र सामाजिक पक्षहरुमा नै समग्र परिवर्तनको आवश्यकता रहेको उनीहरुले बताएका छन्। उनीहरुले भनेका छन, ‘यो अत्यन्त महंगो छ तर अहिले नै एक समय छ जुन सकिसकेको छैन।’
तीन वर्षको अनुसन्धान र दक्षिण कोरियामा झण्डै एक हप्ता लामो बैठकपछि जलवायु परिवर्तन सम्वन्धी अन्तरसरकारी समितिको बैठकले विशेष प्रतिवेदन तयार पारेको र त्यसमा १.५ सेल्सीयस तापमानले जलवायु परिवर्तनमा पारेको असरको बारेमा उल्लेख गरेको बीबीसीले उल्लेख गरेकाे छ। उनीहरुले अहिलेको हाम्रो ऊर्जा प्रणाली, जमिनको प्रयोग र अहिलेको हाम्रो यातायाता प्रणालीमा नै सुधार ल्याउनुपर्नेमा जोड दिएका छन्। १.५ मा नै कायम गर्न सकेमा सबैका लागि राम्रो हुने बुझाइ छ।






