उपत्यकाको फोहोर विसर्जन हुँदै अाएकाे ककनीलाई एम्बुलेन्स

काठमाडौं– काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्दा स्वास्थ्य समस्या देखिएको भन्दै न्यूनीकरणका लागि अनेक उपायको खोजी भइरहेका बेला काठमाडौं महानगरपालिकाले ककनी गाउँपालिकालाई एउटा एम्बुलेन्स प्रदान गरेको छ।

नुवाकोटको ककनी गाउँपालिका र धुनीबेँसी नगरपालिकालाई एम्बुलेन्स दिने यसअघिको सहमति अनुसार महानगरले आइतबार कनकीलाई एम्बुलेन्स दिएको हो। धुनीबेंसीलाई ललितपुर महागरपालिकाले एम्बुलेन्स दिनेछ।

त्यहाँका स्थानीयको स्वास्थ्य जटिलतामा उपत्यकाका नगर जवाफदेही नभएको आरोप लगाएर गत वर्ष फोहोर विसर्जन गर्न रोक लगाएपछि काठमाडौं र ललितपुर महानगरले एक-एक वटा एम्बुलेन्स दिने लिखित सहमति गरेका थिए।

गाउँपालिकाका अध्यक्ष मानबहादुर लामालाई एम्बुलेन्सको साँचो हस्तान्तरण गर्दै  महानगरका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं उपत्यकाको फोहोर विसर्जन गरिँदै आएको नुवाकोट र धादिङका स्थानीयका समस्या समाधान गर्न उपत्यकाका सबै नगरपालिका संवेदनशी भएको बताए।

ललितपुर महानगरकी उपमेयर गीता सत्याल धुनीबेंसीलाई एम्बुलेन्स दिन खरिद कार्य अघि बढाइसकिएको र प्रक्रिया सकिने बित्तिकै हस्तान्तरण गरिने बताउँछिन्।

ताजा समाचार

सम्बन्धित समाचार