स्याउको आयात बढ्यो

रसुवा–दशैँका लागि फलफूलको यथेस्ट व्यवस्था गर्न व्यवसायीले सामानको साथसाथै स्याउ आयात गर्न थालेका छन् ।

गत साउन–भदौमा स्याउ न्यून रुपमा आयात भएको थियो। असोज लागेपछि स्याउको आयात बढ्दै गएको छ। दैनिक १२ देखि १५ ट्रक स्याउ आयात गर्न थालिएको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ। यसैगरी दशैँका लागि तयारी पोशाक, खेलौनालगायत सामग्री आयात बढेको छ।

असोज १८ गतेसम्म एक अर्ब ६३ करोड राजश्व सङ्कलन भएको प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले बताए।  असोजको भन्सार शुल्क असुली लक्ष्य ५७ करोड २४ लाख रहेको छ। व्यवसायीले दशैँका सामग्री आयातमा तीव्रता दिएका कारण भन्सार शुल्क भारी मात्रामा बढ्ने देखिएको छ।

तीसभन्दा बढी कन्टेनरको भन्सार मालवस्तु जाँच गरिएको छ। ‘दैनिक ७० भन्दा बढी मालबाहक सवारी साधनको जाँच हुने गरेको छ,’ कोइरालाले भने। रासस

ताजा समाचार

सम्बन्धित समाचार