काठमाडौं–सरकारले श्रमजीवी पत्रकारको न्यूनतम तलब समायोजन गर्दै २५ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को आइतबारको बैठकले न्यूनतम पारिश्रमिक निर्धारण समितिले सिफारिस गरेको सञ्चार संस्थामा काम गर्ने पत्रकारलगायतको पारिश्रमिकलाई स्वीकृत गरेको हो।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाका अनुसार यसअघि श्रमजिवी पत्रकारको न्यूनतम पारिश्रमिक १९ हजार ५ सय रहेकोमा अब २४ हजार ३ सय ७५ रुपैयाँ तोकिएको हो। यो निर्णय कात्तिक १ गतेपछि सरकारी र निजी सबै सञ्चारमाध्यममा लागू हुने बास्कोटाले बताए।
यसैगरी, मन्त्रिपरिषद्को आइतबारको बैठकले गोरखापत्र संस्थापनको कार्यकारी अध्यक्षमा कृष्णमुरारी भण्डारीलाई नियुक्त गरेको छ। यसअघिका अध्यक्ष गोविन्द पोखरेलको राजीनामा स्वीकृत गरेर भण्डारीलाई कार्यकारी अधिकार थपेर अध्यक्ष नियुक्त गरिएको हो।
सरकारले गोरखापत्र संस्थापनको कार्यकारी अध्यक्षमा कृष्णमुरारी भण्डारीलाई नियुक्त गरेको छ । वरिष्ठ पत्रकार तथा लेखक स्तम्भकार भण्डारीलाई आइतवारको मन्त्रिपरिषद बैठकले कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो ।





