फोहोरमैला व्यवस्थापन गर्न उपत्यकास्तरीय फोरम

काठमाडौं–फोहोरमैला व्यवस्थापनसँगै विकास निर्माणमा एउटै कार्यक्रम तथा उद्देश्य निर्माण गर्न उपत्यकास्तरीय नगरपालिका फोरम स्थापना गरिएको छ ।

उपत्यकाका नगर प्रमुख र उपप्रमुखहरुको भेलाले काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा फोरम गठन गरेको हो। उक्त फोरमको उपाध्यक्षमा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र सचिवमा मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर जगुलु श्रेष्ठ रहेका छन्। फोरमको सदस्यमा उपत्यकाका सबै नगरका प्रमुख र उपप्रमुखलाई राखिएको जनाइएको ।छ

फोरमले फोहोरमैला व्यवस्थापन, सडक सञ्जाल, साझा नदीको उपयोग व्यवस्थापन, कर प्रणाली, पुरातात्विक तथा सांस्कृतिक पद मार्ग निर्माणलगायतका क्षेत्रमा साझा उद्देश्य, कार्यक्रम, योजना निर्माण गरी एकीकृत पद्धतिबाट काम गर्ने लक्ष्य लिएको जनाइएको छ।

फोरमका अध्यक्ष शाक्यले उपत्यकामा भएका विकास तथा सहरी व्यवस्थापन, पूर्वाधार निर्माण, कर तथा राजस्वका दर निर्धारण, जोडिएका समस्या समाधानमा एउटै कार्यक्रम सञ्चालन गर्न फोरमको निर्माण गरिएको बताए।

ताजा समाचार

सम्बन्धित समाचार