आज प्रकाशित पत्रपत्रिकाले वन,वातावरण,पर्यटन र सरसफाइका विषयलाई प्राथमिकताका साथ छापेका छन् ।
अन्नपूर्ण पोस्ट
‘चुरोटको ठुटा कुहाएर मल’शीर्षकमा अन्नपूर्ण पोस्टको पहिला पृष्ठमा समाचार छापिएको छ ।
चुरोट त यसै धूमपान भइहाल्यो । मानव स्वास्थका लागि हानिकार । यसको ठुटासमेत त्यस्तै खराब चिज हो,ठुटासमेत त्यस्तै खराब चिज हो । जो कुहिनै बढीमा १० देखि १२ वर्ष लाग्छ । यसले पूथ्वीको माटा बिगार्छ र उत्पादनशील क्षमतासमेत घटाइदिन्छ ।
‘हाइब्रिड धानमा कालोपोकेको प्रकोप’शीर्षकमा समाचार छापिएको छ ।
कालेगाउँमा कालोपोके रोगले धानबालीमा क्षति गरेको छ। भित्र्याउने समयमा धानबाली रोगले सखाप पारेपाछि कृषक मर्कामा परेका छन्। धेरै आम्दानीको आशमा कृषकले नयाँ यूएस ३१२ हाइब्रिड जातको धान खेती गरेका थिए। धान खेतीबाट जीविका चलाउँदै आएका कालेगाउँका कृषक धान भित्र्याउने समयमा निरास बनेका छन्।
‘पश्चिम दाङ तोरी जोन’शीर्षकमा समाचार छापिएको छ। कृषिलाई व्यावसायिक बनाउन पश्चिम दाङलाई तोरी जोनका रूपमा विकास गर्न लागिएको छ। एक बालीमा पहिचान बनाउने उद्देश्यले दाङको पश्चिम क्षेत्रलाई तोरी जोनका रूपमा विकास गरिने भएको हो। प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत यस्तो तयारी गरिएको तोरी जोन परियोजना दाङले जनाएको छ।
‘पोखरी मासेर उद्यान’शीर्षकमा क्रान्ति शाहले लेखेको समाचार छापिएको छ । स्थानीयले जग्गा अतिक्रमणसमेत गर्ने क्रम बढेपछि पोखरी पुरेर वीरगन्ज महानगरपालिकाले झन्डै ४ करोड रुपैयाँ लगातमा वीरगन्ज उद्यान निर्माण गरेको हो।
महानगरका अनुसार आदर्शनगरस्थित हरिखेतान बहुमुखी क्याम्पस अगाडि पोखरीको जग्गा चार बिघा १३ कट्ठा थियो। तर, स्थानीयले अतिक्रमण गरी निजी भवन र अस्पताल बनाउन थालेपछि १५ कट्ठा मात्र बाँकी रहेको जनाइएको छ।
नागरिक
‘चाडपर्वको मुखमा महँगीको मार’शीर्षकमा आजको नागरिक दैनिकको प्रथम पृष्ठमा समाचार छापिएको छ ।
चाडपर्वको मुखमा खाद्य सामग्रीमा आफूखुसी मूल्य बढाउने प्रवृत्तिलाई व्यापारीले निरन्तरता दिँदा पूर्वका सर्वसाधारणको भान्सा खर्च अकासिएको छ। ढुवानी खर्च र परल मूल्य नै बढेको भन्दै व्यापारीले खाद्यवस्तुमा आफूखुसी भाउ बढाएका छन्। यसले चाडपर्वको मुखमा सर्वसाधारण महँगीको मारमा परेका छन्।
विराटनगर, इटहरी, दमक, इलामलगायत ठाउँमा खाद्यवस्तुको मूल्य १० देखि ४० प्रतिशतसम्म बढेको छ। चामल, तेल, दाल, चिनी तथा तरकारीजस्ता अत्यावश्यक वस्तुको मूल्य बढेपछि सर्वसाधारण महँगीको चेपुवामा परेका हुन्।
राष्ट्रिय सडकमा जोडियो दुनै र पोखरा विमानस्थलमा चापाचाप शीर्षकमा पनि समाचार छापिएको छ ।
आर्थिक अभियान
‘विराटनगरमा अक्टोबरमै रेल आउने’ शीर्षकमा रोशनी भट्टराईले लेखेको समाचार छापिएको छ ।
भारतको बथनाहादेखि विराटनगर–१८ स्थित बुधनगरसम्मको ८ किलोमिटर क्षेत्रमा अक्टोबर महीना भित्रै रेल आउने भएको छ । रेल ल्याउनका लागि आवश्यक पूर्वधारको काम ९५ प्रतिशत पूरा भएकाले परीक्षण स्वरुप बुधनगरसम्म रेल ल्याउने तयारी गरिएको हो ।
नेपाल रेल बिभागका प्रमुख बलराम मिश्रले कटहरी–बथनाहा रेलमार्गको अवलोकन गरेका छन । भारतको बथनाहादेखि विराटनगर–१८ स्थित बुधनगरसम्मको ८ किलोमिटर क्षेत्रमा रेलको लिक विछ्याउने काम सम्पन्न भइसकेको छ । भारतीय निर्माण कम्पनी इर्कनले बथनाहा कटहरी रेल्वे परियोजना निर्माणको काम अन्तिम चरणमा पु¥याएको छ । बाँकी रहेको ८ किलोमिटर क्षेत्रमा पनि लिक बिछ्याउने काम धमाधम भइरहेको छ ।
नयाँ पत्रिका
‘स्थानीय ढुकुटीमा डोजरको ज्यादती’शीर्षकमा आजको नयाँ पत्रिकाले प्रथम पृष्ठमा समाचार छापिएको छ ।
संघीयताको अभ्यास सुरु भएपछि स्थानीय सरकारले यस आर्थिक वर्षमा पहिलोपटक आफ्नो बजेट बनाएका छन । अनुभवको अभाव, कर्मचारी समायोजनमा केन्द्र सरकारको ढिलासुस्ती, ऐनको अस्पष्टतामाझ स्थानीय तहले ल्याएको पहिलो बजेटमा कस्ता योजना छनोट गरेका छन् ? नयाँ पत्रिका जिल्ला ब्युरोले विभिन्न प्रदेशअन्तर्गतका १०६ स्थानीय तहले विनियोजन गरेको बजेटको विवरण संकलन गरी विश्लेषण गरेको छ ।
स्थानीय सरकारहरूले सडक निर्माणलाई सबैभन्दा धेरै प्राथमिकता दिएका छन् । नमुनाका रूपमा लिइएका १०६ स्थानीय तहमध्ये ८४ वटाले सडक निर्माणका लागि सबैभन्दा धेरै बजेट छुट्याएका छन । १२ स्थानीय तहले मात्र शिक्षालाई पहिलो प्राथमिकतामा राखेका छन । त्यस्तै, ६ स्थानीय तहले पर्यटन, तीनले कृषि र एउटा तहले विद्युत्लाई पहिलो प्राथमिकतामा राखेका छन् । कुनै पनि स्थानीय तहले स्वास्थ्यलाई प्राथमिकता दिएका छैनन् ।
१० स्थानीय तहले सडकलाई दोस्रो प्राथमिकतामा राखेका छन् । सातवटाले तेस्रो र दुईले चौथो प्राथमिकता दिएका छन । तर, सडक भनेर स्पष्ट उल्लेख नगरे पनि भौतिक पूर्वाधार भनेर सात स्थानीय तहले दोस्रो, दुईले तेस्रो र एउटाले चौथो प्राथमिकतामा राखेका छन । यसमध्ये अधिकांशले सडकलाई नै बढी प्राथमिकता दिएका छन ।
नेपाल समाचारपत्र
‘बिहानै बजारमा घोरल’शीर्षकमा समाचार छापिएको छ । लमजुङको जिल्ला सदरमुकाम बेसीशहर बजारमा विहान जंगली जनावर घोरल जंगलमा लगेर छाडिएको छ । बेसीशहर नगरपालिका– ७ स्थित स्कूल चोकमा त्यो जनावर फेला परेको हो ।
एउटा घर कम्पाउण्मा देखिएको उक्त घोरलको सुरुमा पहिचान हुन सकेको थिएन । त्यसपछि गाउँलेले जिल्ला स्थित बन डिभिजन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा खबर गर्ने काम गरे । प्रहरी सहित बरिष्ठ बन अधिकृत मोहन काफ्लेको टोलीले उक्त जनावर घोरल भएको पहिचान गरेको हो ।
त्यतिबेलासम्म जिल्ला प्रहरी कार्यालयमा टोली पनि आइपुग्यो । प्रहरी र बन कार्यालयको टोलीले त्यस घोरललाई सुरक्षित तवरबाट समातेर त्यसको चार खुट्ट बाध्ने काम गरीयो बरिष्ठ बन अधिकृत मोहन काफ्लेले जानकारी दिनु भयो । उहाँले भन्नुभयो, त्यसरी समातिएको घोरललाई सुरक्षित तरिकाले बेसीशहर नगरपालिका– ६ स्थित शान्ति सामुदायिक बनमा प्रहरी, पत्रकारहरू र गाउँलेको रोहबरमा मुचुल्का गरी छाड्ने काम गरियो ।फास्ट ट्रयाकमा काटिएका काठ कुहिँदै शीर्षकमा पनि समाचार छापिएको छ ।
राजधानी
‘वन संरक्षण गर्न रिचार्ज पोखरी’शीर्षकमा समाचार छापिएको छ ।
सरोकारवालाले सामुदायिक वन संरक्षण गर्दै हरियाली प्रवर्धनका लागि रिचार्ज पोखरी आवश्यक भएको बताएका छन् ।
‘विष्णुमती मुहानमा घरैबाट मानव मुलमूत्र’शीर्षकमा पूर्णप्रसाद मिश्रले लेखेको समाचार छापिएको छ ।
विष्णुमती सफाईले २०९ औं साता पार गर्दा पनि नदी मुहानमा सिधैं मानव मलमुत्र हाल्न रोकिएको छैन ।
गोरखापत्र
‘निजगढ विमानस्थलबारे अनुचित विरोध’शीर्षकमा गोविन्द पोखरेलको विचार छापिएको छ ।
नेपालको एकमात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल जहाजको अवतरण र उडान थेग्न नसक्ने अवस्थामा पुगेको छ । यसले आवश्यकताभन्दा बढी नै जहाजहरूलाई अटाउनुपर्ने अवस्थाबाट मुक्ति खोजेको छ । एउटामात्र अन्तर्राष्ट्रिय विमानस्थल भएको कारण एक दिनमात्र बन्द गरेर मर्मत गर्नुपर्ने अवस्था आयो भने पनि नेपालले अल्पकालीनमात्र होइन, दीर्घकालीन असर भोग्नुपर्ने अवस्था छ । अहिले पनि कतिपय जहाजले दुई घण्टासम्म आकाशमै होल्ड रन्फनिनुपर्ने) गर्नुपर्ने र कतिपय जहाज दिल्ली वा अन्य मुलुकका विमानस्थलतर्फ पठाउनुपर्ने अवस्था छ । यस्तो अवस्था त्यस्तो देशका लागि अवश्य पनि लज्जाको विषय हो, जहाँ विमानस्थलका लागि उपयुक्त जग्गा भएर पनि अन्तर्राष्ट्रिय मापदण्डको विमानस्थल बनाउन सकिएको छैन । तर, अब यो अवस्था दुई÷चार वर्षभन्दा बढी टिक्लाजस्तो छैन ।
अन्तर्राष्ट्रियसमेत आन्तरिक उडान हुने एकमात्र विमानस्थलमा अहिलेकै गतिमा जहाज थपिने हो भने पार्किङको समेत समस्या हुने नै छ । यसको समाधानका लागि विभिन्न तहमा छलफल र बैठकहरू पनि भएको देखिन्छ । आन्तरिक उडानमा रहेका विमानहरू समयमा उडान भर्न र अवतरण गर्न नपाएर यात्रुले सास्ती भोग्नुपरेको छ । यस विषयमा पनि विभिन्न सञ्चारमाध्यममा लेख, रचना र संवाद भएको देखिन्छ । पीडा भोग्नेहरूले सरकारलाई धारेहात लगाएर सरापेका छन् भने लेख्न जान्ने र विज्ञ हौँ भन्नेहरूले तुरुन्तै अर्को अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माण नगरे ठूलै समस्या उत्पन्न हुनेतर्फ सरकारलाई सचेत गराएका छन् ।
सडक निर्माणमा व्यापक लापरबाही,विराटनगर जुट मिलबाट उत्पादन सुरु,भरतपुर विमानस्थलमा पूर्वाधार थप्ने तयारी र खानेपानी र सरफाइ सरकारको पहिलो प्राथमिकता शीर्षकमा पनि समाचार छापिएको छ ।
कान्तिपुर
‘पशुपतिका पर्यटक, ‘खै शौचालय ?’शीर्षकमा शिल्पा कर्णले लेखेको समाचार छापिएको छ ।
पशुपतिको राममन्दिर नजिकको शौचालयमा स्थानीय गाइडलाई मंगलबार एक महिला सोध्दै थिइज, ‘भाइ यो टुरिस्ट ट्वाइलेटमा जान मिल्छ ?’ राममन्दिर नजिक ३ किसिमका शौचालय छन् । महिला, पुरुष र पर्यटक ।
बाहिरसम्म दुर्गन्ध आउने महिला शौचालयको ढोकाबाट भित्र हेर्दा निकै फोहोर देखेपछि ती महिला पर्यटक शौचालय सफा होला कि भन्ने आसमा छिरेकी थिइन । ‘छिस्, पैसा लिएर भए पनि कम्तीमा सफा त राख्नु नि,’ सलले नाक छोपेर बर्बराउँदै निस्किइन् उनी ।
‘बाटोमै बग्छ ढल’शीर्षकमा प्रशान्त मालीले लेखेको समाचार छापिएको छ ।
उदयपुरकी ललिता बराल हस्तकला बनाउँछिन्। सातदोबाटोस्थित कारखानामा उनी दैनिक माक्स लगाएर काम गर्न बाध्य छिन । त्यसको कारण हो, ढल निकास सडकमा बगेर दुर्गन्ध फैलिएकाले । उनी भन्छिन्, ‘यहाँ काम थालेको १५ वर्ष भयो । ढलको समस्या उस्तै छ ।’
धापाखेल नागदहकी मनीता थापा सातदोबाटोस्थित फर्निचरमा काम गर्छिन् । ‘दिनभर दुर्गन्धमा बस्दा बेलुका वाक्वाक् हुने, खाना नरुच्ने समस्या हुन्छ,’ उनले भनिन् । झापाकी दीपा लिम्बूको समस्या पनि उस्तै छ । उनले दुर्गन्धले बेलुका टाउको दुख्ने गरेको बताइन ।
‘महाकालीमा पुल निर्माण गर्न भारतलाई अनुमति’शीर्षकमा मनोज बडूले लेखेको समाचार छापिएको छ ।
व्यास गाउँपालिकाका ४ ठाउँमा महाकाली नदीमा नेपाल–भारत जोड्ने काठेपुल निर्माण गरिने भएको छ । दुवै देशका स्थानीय बासिन्दाको मागका आधारमा काठेपुल निर्माण हुन लागेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
भारतीय क्षेत्रमा सडक निर्माणको काम चालु हुँदा दुवै देशका बासिन्दाले हिँड्ने पैदल मार्ग अवरुद्ध भएकाले महाकालीमा काठेपुल निर्माण गर्न माग गरिएको थियो । भारतीय पक्षले लखनपुर र नजांग तथा नेपाली पक्षले दुम्लिङ र मालमामा अस्थायी काठेपुल निर्माणका लागि माग गरेका थिए ।
‘जसले पर्खिरहेछन् पर्यटक’शीर्षकमा समाचार छापिएको छ ।
लुम्बिनी प्रदेश ५ को पर्यटकीय केन्द्र हो । लुम्बिनीमा पर्यटक टिकाउन समस्या देखिएको छ । लुम्बिनी विकास कोषका अनुसार त्यहाँ आउने पर्यटक कम्तीमा २९ मिनेटदेखि बढीमा एक रात बिताउँछन् ।
उनीहरूको बसाइ लम्ब्याउन रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका बुद्धस्थल जोडेर बृहत्तर लुम्बिनीको योजनामा छलफल चलिरहेको छ । प्रदेशका जिल्लामा पर्यटन व्यवसायमा लगानी बढिरहेको छ ।





