लमही– दाङको लमहीबाट अबैधरुपमा सालको काठ लैजाँदै गरेका पाँच जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय गढवाले पाँच काठ तस्करसहित २३ क्यूफिट सालको गोलिया र घप्पु बरामद गरेको हो ।
गढवा गाउँपालिका–४ पर्सेनीबाट उनीहरूलाई पक्राउ गरिएको गढवाका प्रहरी प्रमुख पञ्चलाल गोलेले जानकारी दिए। पक्राउ पर्नेमा गढवा गाउँपालिका–४ पर्सेनी निवासी ३५ वर्षीय राजकुमार चौधरी, २५ वर्षीय राजाराम चौधरी, ३४ वर्षीय पिताम्वर चौधरी र गढवा गाउँपालिका–५ सोनपुरुवा निवासी ३४ वर्षीय ओकप्रकाश चौधरी छन् ।
पक्राउ परेको काठ वन सेक्टर कार्यालय गढवालाई जिम्मा लगाएको उनले जानकारी दिए। उनीहरुलाई वन ऐनअन्तर्गत कारवाही अगाडि बढाइएको छ। रासस





