आज प्रकाशित पत्रपत्रिकाले वन,वातावरण र विकासका मुद्धालाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।
नागरिक
‘पूर्व–पश्चिम राजमार्ग स्तरोन्नति गर्न डिबीको २१ अर्ब’शीर्षकमा प्रथम पृष्ठमा समाचार प्रकाशित छ ।
पूर्व–पश्चिम राजमार्ग स्तरोन्नति एसियाली विकास बैंक ले करिब २१ अर्ब रुपैयाँ ऋण सहायता प्रदान गर्ने निर्णय गरेको छ ।
‘प्लास्टिक रिसाइक्लिङ उद्योग आवश्यक’शीर्षकमा नेपाल रिपब्लिक मिडियाले राउन्ड टेबलमा छलफल गरेको छ ।
‘बढ्दैछ प्लास्टिकको प्रयोग’शीर्षकमा दिलीप पौडेलले लेखेको समाचार छापिएको छ ।
‘बढ्दैछ प्लास्टिकको प्रयोग’शीर्षकमा दिलीप पौडेलले लेखेको समाचार छापिएको छ ।प्लास्टिकको प्रयोग नहुने सायद कुनै त्यस्तो क्षेत्र छैन । जहाँ प्लास्टिकको प्रयोग नहोस् ।जन्मदेखि मृत्युसम्म ।बिहान उठ्दादेखि राती सुत्दासम्म ।
पानीदेखि औषधीसम्म पनि प्लास्टिककै साहारा लिनुपर्छ । पानी पिउने बोतदेखि बिरामी हुँदा प्रयोग हुने औषधी र स्लाइनका बोतल पनि प्लास्किकै ।
अन्नपूर्ण पोस्ट
‘रुद्राक्षका दानैपिच्छे मेसिन’शीर्षकमा आजको अन्नपूर्ण पोस्टको प्रथम पृष्ठमा फोटो छापिएको छ ।
‘नक्कली आरोहण अनुमतिपत्र बनाउने पक्राउ’शीर्षकमा समाचार छापिएको छ ।सगरमाथा आरोहरणका लागि आवश्यक नक्कली आरोहण अनुमतिपत्र बनाएको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। सेभेन समिट ट्रेकर्स प्रालिमा काम गर्ने उनीहरूले आर्थिक लाभ लिने उद्देश्यले नक्कली अनुमतिपत्र बनाएको प्रहरीले जानकारी दिएको छ।
‘फोहर व्यवस्थापनको २८ अर्ब फिर्ता हुँदै’शीर्षकमा सुदीप भण्डारीले लेखेको समाचार छापिएको छ ।
बुटवल उपमहानगरको फोहर व्यवस्थापन गर्न एसियाली विकास बैंकको करिव २८ अर्ब रुपैयाँ लगानी नभएपछि फिर्ता हुने भएको छ। फोहर प्रशोधन, खानेपानी योजना र नमुना अटोभिलेजका लागि रकम आएको थियो। दुई पटक म्याद थप्दा समेत बुटवलले काम गर्न नसकेपछि रकम फिर्ता हुने करिव निश्चित भएको हो। बुटवलको लागि शिवनगर सामुदायीक वन क्षेत्रको भनभनेमा फोहर व्यस्थापन केन्द्र निर्माण गर्ने योजना थियो।
‘परिचयपत्र नलिई रुद्राक्ष कारोबार’शीर्षकमा समाचार छापिएको छ । पूर्वीपहाडी जिल्लाहरुमा संकलन हुने राजस्वमा कमी आएको छ ।दुर्लभ प्रजातीका चरा भेटिए र अब त बन्छ कि धरहरा शीर्षकमा पनि समाचार छापिएको छ ।
कान्तिपुर
‘वातावरणीय अध्ययन मात्रै निर्णय’शीर्षकमा समाचार छापिएको छ । वातापरणीय अध्ययनपछि मात्रै गोदावरी राजधानीका लागि पूर्वाधार निर्माणका योजना अघि बढाइन सरकार र प्रमुख प्रतिपक्षी नेपाली काग्रेसबीच समझदारी भएको छ ।
‘जनकपुरबाट गुड्यो रेल’शीर्षकमा श्यामसुन्दर शशिले लेखेको समाचार छापिएको छ । जनकपुरदेखि भारतको जयपुर जोड्ने रेलवे सेवाको परीक्षण सफल भएको छ । नेपाल र भारतका उच्च अधिकारी तथा प्राविधिकले बिहीबार २९ किमि लिकको सफल यात्रा गरे ।
रेल विभागका डाइरेक्टर जनरल (डीजी) बलराम मिश्र तथा भारतीय राजदूत मञ्जिभ सिंह पुरीको नेतृत्वमा दुवै देशका उच्च अधिकारी तथा प्राविधिकले लिक, पुलपुलेसा परीक्षणसँगै निर्माणाधीन रेलवे स्टेसन, कर्मचारी आवासको स्थलगत निरीक्षण गरेका थिए । राजदूत पुरी जनकपुर नजिकैको प्लेटफर्म पुगेर फर्किएका थिए । अन्य अधिकारी र प्राविधिक जयनगरसम्मै पुगे ।
‘जैविकमार्ग मासिएपछि बस्तीमा हात्ती’शीर्षकमा भवानी भट्टले लेखेको समाचार छापिएको छ ।दक्षिणी क्षेत्रमा रहेको पुनर्वास नगरपालिकामा बर्से्नि हात्तीले आतंक मच्चाउँछ । हात्तीको झुन्ड बस्तीमा पसेर धान र गहुँबाली नष्ट गर्छ । हात्ती आक्रमणबाट पछिल्ला तीन वर्षमा ३ जनाको मृत्यु भइसकेको छ ।
एक महिनाअघि पुनर्वासका परासन र लालझाडी गाउँपालिकामा हात्ती पस्यो । विद्युतीय तारबार लगाएका कारण यसपालि विगतको जस्तो क्षति नभएको स्थानीय बताउँछन । असोज पहिलो साता वेदकोट नगरपालिकाको हात्तीथलामा हात्तीको बथान पसेर धानबाली नोक्सान र्गयो । कति नोक्सान भयो भन्ने अझै यकिन हुन सकेको छैन । उनका अनुसार यस वर्ष दुधुवा नेसनल पार्कबाट १०र१२ वटा हात्ती आएका छन । अघिल्ला वर्ष ५० र ६० को संख्यामा आउँदा ठूलो नोक्सानी हुने गरेको थियो ।
‘भुसुनाले र्सायो पहाडमा कालाजार’ शीर्षकमा अतुल मिश्रले लेखेको समाचार छापिएको छ ।
तराईको रोग भनेर चिनिएको कालाजार पहाडी जिल्लातिर सर्दै गएको छ । पछिल्ला ९ महिनाको अवधिमा पहाडी जिल्लामा कालाजारबाट ४ जनाको मृत्यु भएको छ । जुम्ला, बाजुरा, काठमाडौं र पाल्पामा एकरएक जनाको मृत्यु भएको हो ।
तीन वर्षयता कालाजारको परम्परागत थलो ठानिएको तराई र भित्री मधेसका २२ जिल्लामा यो रोगबाट कसैको मृत्यु भएको छैन ।
‘३ वर्षदेखि मधेसमा यो रोगले मृत्यु भएका छैनन् भने पहाडी र उच्च पहाडी जिल्लामा बढ्दै गइरहेको छ,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. विवेककुमार लाल भन्छन्, ‘यो रोग उत्पन्न गर्ने भुसुना (सैन्ड फ्लाई) पहाडी तथा हिमाली जिल्लामा समेत प्रशस्त देखिन थालेका छन् ।’
‘अपी आरोहण टोली बाटो नपाउँदा फिर्ता’शीर्षकमा मनोज बडूले लेखेको समाचार छापिएको छ । अपी हिमाल आरोहणका लागि अघिल्लो महिना यहाँ पुगेको चेक गणतन्त्रको टोली हिमाल आरोहण नगरी फर्किएको छ । टोलीले बोकेको नक्सा नमिल्ने र भरपर्दो बाटो नहुँदा अपी हिमाल बेस क्याम्प पुगेर टोली फर्केको हो ।
आर्थिक अभियान
‘विदेश घुम्ने नेपाली बढ्दै’शीर्षकमा टीपी भुसालले लेखेको समाचार छापिएको छ ।
पछिल्ला वर्षमा बिदा मनाउन विदेश घुम्न जाने नेपालीको सङ्ख्या बढ्दै गएको छ । विशेषगरी लामो बिदा र ट्राभल कम्पनीहरूले ल्याएका ‘टूर प्याकेज’ले विदेश घुम्ने नेपालीको सङ्ख्या बढ्ने गरेको छ । यस्तै, नेपालीको खर्च गर्ने क्षमतामा वृद्धि, हनिमुन तथा घुम्ने संस्कृतिको विकासले समेत विदेश भ्रमण गर्ने नेपाली बढिरहेको व्यवसायीहरू बताउँछन् ।
‘माथिल्लो दोर्दी ‘ए’को सुरुङ निर्माण’शीर्षकमा समाचार छापिएको छ ।
२५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको २ हजार ६ सय २३ मिटर लामो सुरुङ ब्रेक थ्रु भएको छ । लिबर्टी इनर्जी कम्पनी लिमिटेडले निर्माण गरिरहेको उक्त आयोजनाको बिहीवार कम्पनीका अध्यक्ष कुश कुमार जोशी र प्रबन्धक सञ्चालक आत्माराम घिमिरेले स्वीच अन गरी अन्तिम ‘ब्रेक थ्रु’को ब्लास्ट गरेका कम्पनीले जानकारी दिएको छ ।
‘चिनीको भाउ बढ्नुमा सरकारकै मिलेमतो :लेखा समिति’शीर्षकमा समाचार छापिएको छ ।
पछिल्लो समय चिनीको मूल्य अत्यधिक बढ्नुमा सरकारकै मिलेमतो रहेको संसदीय समितिले निष्कर्ष निकालेको छ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बिहीवारको बैठकमा अधिकांश सांसदले चिनीको बजार भाउ अत्यधिक बढ्नुुमा सरकार मुख्य दोषी रहेको बताउँदै सरकार बिचौलियाको चङ्गुलबाट बाहिर निस्कन नसकेको आरोप लगाए ।
गोरखापत्र
‘हाइब्रिड धानमा कालोपोकेको प्रकोप’शीर्षकमा समाचार छापिएको छ । जिल्लाको भेरी १ कालेगाउँमा कालोपोके रोगले धानबालीमा क्षति गरेको छ । भियाउने समयमा धानबाली रोगले सखाप पारेपछि कृषक मर्कामा परेका छन् । धेरै आम्दानीको आशमा कृषकले नयाँ युएस ३१२ हाइब्रिड जातको धान खेती गरेका थिए । धान खेतीबाट जीवीका चलाउँदै आएका कालेगाउँका कृषक धान भिœयाउने समयमा भने निराश भएका छन् ।
रोग लागेर धानबाली नस्ट भएको छ । पसाएर गेडा लागेको धानको बाला र गेडामा कालो ढुसी लागेर नस्ट गरेको छ । दुःख गरेर लगाएको धानबाली भिœयाउने बेला रोगले नस्ट गरेको छ, कृषक बलबहादुर बस्नेतले भन्नुभयो, वर्षभरि खाने धान सबै सखाप भयो अब १४ जनाको परिवार कसरी पालुँ ?
‘माछापालनमा बढ्यो आकर्षण’शीर्षकमा समाचार छापिएको छ ।
सुदूरपश्चिम प्रदेशमा माछापालनमा कृषकको रुचि बढ्दै गएको छ । किसानको रुचि बढ्दै जाँदा मत्स्यपालन केन्द्र गेटामा माछाका भूरा बिक्री वितरण निकै बढेको छ ।
कैलालीको गेटामा रहेको मत्स्य विकास केन्द्रका अनुसार गत आर्थिक वर्ष माछाका भूरा बिक्री वितरण गर्दा ३९ लाख पाँच सय राजस्व सङ्कलन भएकोमा चालु आर्थिक वर्षको साउन, भदौमा मात्रै १७ लाख रुपियाँ बराबरका भूरा बिक्री भएका छन् ।
एडीबीले स्वीकृत गर्यो २१ अर्ब ऋण, र माथिल्लो दोर्दी ए को सुरुङ छेडियो शीर्षकमा पनि समाचार छापिएको छ ।
नयाँ पत्रिका
‘पुँजीवादी समृद्धिः पर्यावरण र मानवताको बर्बादी’शीर्षकमा आहूतिको विचार छापिएको छ ।मानवशास्त्रअनुसार होमियो स्यापिन्सको चरणबाट मान्छे अहिलेको चरणमा पुगेको करिब ७० हजार वर्ष भयो । ७० हजार वर्षअघि मान्छे चार घन्टा पनि काम गर्दैनथ्यो र झन्डै २० घन्टा मनोरञ्जन गर्थ्यो ।
तर, विगत ८ हजार वर्षयता निजी सम्पत्तिको उदयसँगै त्यसमा आधारित परिवार, समाज र राज्यसत्ता तथा त्यसका संघर्ष र जटिलताको युग सुरु भएपछि मान्छे १८ घन्टा काम गरेर ४ घन्टा आराम गर्न नपाउने स्थितिमा पुग्यो ।
हामीले समृद्धिको चर्चा गर्दा बाँदरबाट आजको मानवको यात्रा सुरु भएदेखि आजसम्मको अवस्थासम्मलाई फर्केर हेर्नुपर्छ । समृद्धिबारे जे–जति अवधारणा, विश्लेषण, सिद्धान्त अथवा मान्यता यो पछिल्लो ८ हजार वर्षमा निजी सम्पत्तिको उदयसँगै स्थापित भए, त्यसमा संसारभर वैचारिक बहस आवश्यक छ । अहिले जुन समृद्धिको चर्चा गरिँदै छ, यो मूलतः पुँजीवादले अघि सारेको समृद्धि हो ।
नेपाल समाचारपत्र
‘वनमा फेरि पनि बाम बाहुल्य’शीर्षकमा आजको समाचारपत्रको प्रथम पृष्ठमा समाचार छापिएको छ ।
सामुदायिक वन उपभोक्ता महाँसघ नेपालमा फेरि पनि वाम बाहुल्य नेतृत्व निर्वाचित भएको छ ।
‘क्षतिपूर्ती नपाएसम्म बनाउन नदिने चेतावनी’शीर्षकमा समाचार छापिएको छ । चाभोर क्षेत्रका स्थानीय बासिन्दाले सरकारले आफ्ना माग पूरा नगरेसम्म सुख्खा बन्दरगाहा बनाउने कार्यमा आवरोध गरिरहने अडान लिएका छन् ।
‘विमानस्थल बन्द हुँदा पर्यटकीय स्थल ओझेलमा’ शीर्षकमा समाचार छापिएको छ ।
सरकारले नयाँ नयाँ विमानस्थल बनाउने योजना बनायरहेको छ । भएको विमानस्थल सञ्चालनमा भने ध्यान दिएको पाइदैन । त्रिदेशीय सीमानामा रहेको दार्चुलाको एक मात्र विमानस्थल गोकुलेश्वर विमानस्थल लामो समयदेखि बन्द हुँदा जिल्लामा रहेका पर्यटकीय स्थलहरु दिन प्रतिदिन ओझेलमा पर्दै गएका छन् । गोकुलेश्वर विमानस्थल सञ्चालन नहुँदा याहाको पर्यटकीय विकास हुन नसकेको तथा सर्वसाधारणहरुले समेत सास्ती खेप्नुपरेको छ ।
राजधानी
‘सडक बन्यो,पुल बनेन’शीर्षकमा राधेश्याम खतिवडाले समाचार लेखेका छन् । नारायणगढ मुग्लिन सडकखण्ड निर्माणको काम सकिएको छ ।सडक निर्माण काम सकिए पनि पुल निर्माणको काम समयमा हुन नुक्सदा समस्या यथावत रहेको छ ।
वन नीतिमा आर्थिक विकाससँगै वातावरणीय समृद्धि शीर्षकमा पनि समाचार छापिएको छ ।





