राजधानीकाे ब्यञ्जन र अन्नपूर्ण मिष्ठान्नमा शिलबन्दी

काठमाडौं–सरकारले राजधानी काठमाडौंको गौशालास्थित  व्यञ्जन र अन्नपूर्ण मिष्ठान्न भण्डारमा शिलबन्दी गरेकाे छ।

अनुगमनका क्रममा ती दुबै मिष्ठान्न भण्डारमा साङ्ला र फोहोर अत्याधिक भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले शिलबन्दी गरेकाे हाे।

दुबै मिष्ठान्न भण्डारबाट १२ दशमलव ५ किलो बर्फी, ७ लिटर तेल, ४ किलो घ्यू र तयारी मिठाई एक सय केजी नष्ट गरिएको खाद्य अनुसन्धान अधिकृत इश्वर सुवेदीले जानकारी दिए। ती दुबै मिष्ठान्न भण्डारलाई न्यून गुणस्तरीय खाद्यान्न बेचेको अभियोगमा मुद्दा दायर गरिने उनले बताए।

विभागले यसअघि नयाँ बानेश्वरस्थित संगम मिठाइ पसलमा पनि अखाद्य वस्तु मिसावट भएको पाइएपछि शिलबन्दी गरेको थियो।

ताजा समाचार

सम्बन्धित समाचार