फेकाेफनकाे अध्यक्षमा पाठक

काठमाडौं– सामुदायिक बन उपभोक्ता महासंघ नेपाल (फेकाेफन) को अध्यक्षमा भारती पाठक चयन भएकी छन्।

महासंघको असोज १५ देखि १७ सम्म काठमाडाैंमा चलेको छैटाैं राष्ट्रिय महाधिवेशनले पाठककाे नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेकाे हाे। फेकाेफनकाे उपाध्यक्षमा भीमलाल श्रेष्ठ चयन भएका छन्

महासचिव, सचिव, कोषाध्यक्षमा क्रमश : बिर्खबहादुर शाही, ठाकुर भण्डारी र पार्वता गौतम चयन भएका छन्। महाधिवेशनले ८८ जना केन्द्रीय सदस्य चयन गरेको हाे। फेकाेफन  २०५२ सालमा प्रतिनिधिमूलक छाता संगठनको रुपमा स्थापित  भएकाे हाे।

ताजा समाचार

सम्बन्धित समाचार