Friday, September 20, 2024

वातावरणीय प्रश्नमा पर्याप्त बहस र छलफलको आवश्यकता

संयुक्त राष्ट्रसंघले मलाई ‘च्याम्पियन अफ दी अर्थ अवार्ड’ बाट सम्मानित गरेको छ। यो सम्मान प्राप्त गर्दा म धेरै खुसी भएको छु, तर यो पुरस्कार कुनै व्यक्तिको लागि होइन। यो भारतीय संस्कृति, मूल्य, मान्यताको पहिचान हो जसले हरपल प्रकृति मातासँग मिलेर बस्ने कुरामा जोड दियो।

जलवायु परिवर्तनको असर न्यूनीकरणमा भारतका प्रत्येक नागरिकले सक्रिय भूमिका खेलिरहेका छन्, जसलाई संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस तथा यूएनईपीका कार्यकारी निदेशक इरिक सोलहिमले प्रशंसा गर्नुभएको छ। यो प्रत्येक भारतीयको लागि गर्वको क्षण हो।

मानव र प्रकृृतिबीच विशेष सम्बन्ध छ। माता प्रकृतिले हामीलाई हुर्काउनु भएको छ, बल दिनु भएको छ। प्रारम्भिक सभ्यता नदीको तटबाट शुरु भयो। प्रकृतिको साथमा सौहार्दपूर्ण ढंगले रमाउने समाज फल्दैफूल्दै समृद्ध हुन्छ।

मानव समाज आज एक महत्वपूर्ण चौबाटोमा उभिएको भएको छ। हामीले अहिले लिने बाटोले केवल हाम्रो कल्याण मात्र गर्ने होइन, भावी पुस्तालाई खुसीका साथ राख्न मद्दत गर्नेछ। लोभ र आवश्यकताको बीचको असन्तुलनले पर्यावरणमा गम्भीर असन्तुलन कायम गरिदिन्छ। हामीले यसलाई स्वीकार गर्ने, अहिलेकै जस्तो गरी अगाडि जाने कि हाम्रा त्रुटिहरु सच्याउने हाम्रो हातमा छ।

एउटा समाजमा कसरी सार्थक परिवर्तन ल्याउन सकिन्छ भनेर तीन कुराले निर्धारण हुन्छ। पहिलो आन्तरिक चेतना। यसका लागि आफ्नो गौरवशाली अतीतभन्दा ठूलो अरु केही हुन सक्दैन। प्रकृतिप्रति सम्मान भारतीय परम्पराको मूलमै छ। अथर्ववेदमा पृथ्वीका बारेमा उल्लेख छ। जसले प्रकृति र पर्यावरणबीच अथाह ज्ञान छ। ’यस्यां समुद्र उत सिन्धुरापो यस्यामन्नं कृष्टयः संबभूवुः। यस्यामिदं जिन्वति प्राणदेजत्सा नो भूमिः पूर्वपेयेदधातु ।।

अर्थात् माता पृथ्वी अभिनन्दन। उनमा सन्निहित (अडेको) छ, महासागर र नदीको जल उनमा मिलेको छ। कृषि भूमि जोत्दा उनको प्रकट हुन्छ। उनमां जीवनको निश्चित रूप समाहित छ। त्यो जीवन हामीलाई प्रदान गर। ऋषिहरुले पञ्चतत्व–पृथ्वी, वायु, जल, अग्नि, आकाशका बारेमा बताएका छन्। हाम्रो जीवन प्रणाली यो तत्वमा समरसतामा आधारित छ।

महात्मा गान्धीले आफ्नो जीवनशैली यस्तो व्यवहारमा उतारे, जसमा पर्यावरणप्रतिको भावना र चेतना प्रमुख देखिन्छ। उनले युक्तिसंगत खपतको आह्वान गरे, ताकि विश्वले संंसाधनको कमीको सामना गर्न नपरोस्। समरस जीवनशैलीको पालना गर्नु लोकाचार (जनसाधारणका बीचमा हुने सामाजिक सम्बन्ध तथा सदभापवपूर्ण प्रचलित व्यवहार) को अंग हो। जब हामी एक समृद्ध परम्पराको ध्वजबाहक हौं भनेर अनुभव हुनेछ, तब हाम्रा क्रियाकलापमा स्वस्फूर्त सकारात्मक प्रभाव पर्न थाल्नेछ।

दोस्राे पक्ष जनजागरणको छ। पर्यावरण सम्बन्धी प्रश्नमा यथासम्भव छलफल गर्नु, लेख्नु एवंं चर्चा गर्नुपर्ने आवश्यकता छ। योेसँगै पर्यावरण सम्बन्धी विषयमा अनुसन्धानका लागि प्रोत्साहन दिनु महत्वपूर्ण हुन्छ। जब हामी पर्यावरण संरक्षणमा एक समाजको रूपमा जागरूक भएर लाग्नेछौं। र उसको बारेमा नियमित चर्चा गर्नेछौं, तब पर्यावरणको दिशामा हामी स्वयं सक्रिय हुँदै जानेछौं।

त्यसैले सकारात्मक बदलाव ल्याउन सक्रियतालाई तेस्रो पक्षको रुपमा राख्दछु। यो सन्दर्भमा भारतका एक सय ३० करोड जनता ‘स्वच्छ र हरित पर्यावरणको दिशामा सक्रिय छन्। र, त्यसका लागि काम गरिरहेका छन्, जसका लागि म प्रसन्नता प्रकट गर्दछु।

म स्वच्छ भारत अभियानमा सक्रियता देखिरहेको छु, जो दीगो विकासँग सीधैं जोडिएको छ। देशवासीकोे आशीर्वादबाट ८.५ करोड करोड घरका लागि पहिलो पटक शौचालयसम्म पहुँच बनेको छ। र, ४० करोडभन्दा बढी भारतीयले अब खुला रुपमा शौच गर्नुपर्ने बाध्यता रहेन।

स्वच्छताका दायरा ३९ प्रतिशतबाट बढेर ९५ प्रतिशत पुगेको छ। प्राकृतिक परिवेशमा दबाव कम गर्नको लागि खोजमा यो ऐतिहासिक प्रयास हो। म उज्यालो योजनामा पनि अग्रसक्रियता देख्दछु, जस कारण घरमा हुने वायु प्रदूषण न्यून भएको छ।

भारतको जीवन रेखा गंगा नदीको हिस्सामा अत्याधिक प्रदूषित भइसकको छ। अहिले गंगा नदीमा भएको ऐतिहासिक गल्तीलाई परिवर्तन गर्न खोजिएको छ।

पर्यावरण क्षेत्रमा कौशल भारतका लागि मैले समन्वयकारी उद्देश्य अपनाएको छु। र, जसमा हरित कौशल विकास कार्यक्रम समावेश छ। जसमार्फत् पर्यावरण, वानिकी, वन्यजीव र जलवायु परिवर्तनको क्षेत्रमा सन् २०२१ सम्म ७० लाख युवालाई कुशल बनाउनु पर्नेछ। पर्यावरण क्षेत्रमा कुशल रोजगारी र उद्यमिताका लागि अनेक अवसर सृजना हुनेछ।

हाम्रो देशले नवीन एवं नवीकरणीय ऊर्जा स्रोतमा विशेष ध्यान दिइरहेको छ। र, पछिल्लो चार वर्षमा यो क्षेत्र सहज एवं वहन गर्ने योग्य बन्दै गएको छ। उज्यालो योजनाका कारण करीब ३१ करोडड़ एलईडी बल्ब बाँडिएको छ। यसले एकातर्फ एलईडी बल्बको मूल्य घटिरहेको छ, भने बिजुलीको बिल र कार्बन उत्सर्जनमा पनि कमी आएको छ।

भारतको यस किसिमको पहल अन्तर्राष्ट्रिय स्तरमा पनि देखिदै गएको छ। मलाई गर्व छ, भारत सन् २०१५ मा पेरिसमा भएकोे सीपीओ–२१ वार्ताको सहमतिभन्दा अगाडि पुगेकाे छ। अन्तर्राष्ट्रिय र गठबन्धनको शुरुआतको मौकामा मार्च, सन् २०१८ मा विश्वका कतिपय देशका नेता नयाँदिल्लीमा भेला भए। उक्त गठबन्धन सौर्य ऊर्जाको क्षमताको अधिकतम उपयोग गर्ने एउटा पहल थियाे। जसको फलस्वरुप सौर्य ऊर्जामा ती देशहरुलाई साथसाथमा लिएर अगाडि बढ्ने प्रयास गरिएको छ। जहाँ सौर्य ऊर्जाको प्रचुर सम्भावना छ।

योसँगै विश्वमा जलवायु परिवर्तनको मुद्दा पनि छ। भारतले जलवायु न्यायका लागि आह्वान गरेको छ। जलवायु न्यायको अर्थ समाजका ती गरीब परिवारको अधिकार र हितसँग जोडिएको छ, जो जलवायु परिवर्तनका कारण सबैभन्दा बढी प्रभावित भइरहेका छन्।

जस्तो कि मैले पहिले पनि लेखेको छु, हामीहरुको आजको गतिविधिको प्रभाव भविष्यको मानव सभ्यतामा पनि पर्नेछ। र, त्यसैले सतत भविष्यका लागि वैश्विक जिम्मेवारकी शुरुआत हामी नै गरौं। विश्वको पर्यावरण क्षेत्रमा मिसाइलझै अगाडि बढ्नुपर्ने आवश्यकता छ, जो केवल सरकारी नियम तथा कानून नहोस्। बरु यसमा पर्यावरण जागरूकता पनि होस्।

यस दिशामा जो व्यक्ति एवं संगठन लगातार मिहिनेत गरिरहेका छन्, उनीहरुलाई बधाई दिन चाहान्छु। किनकी उनीहरु हाम्रो समाजमा चिरस्मरणीय बदलावका लागि अग्रदूत बनिसकेका छन्। यस दिशामा अगाडि बढ्ने प्रयत्नका लागि म सरकारको तर्फबाट हरप्रकारले मद्दत गर्ने आश्वासन दिन्छु। हामी सबै मिलेर एक स्वच्छ पर्यावरण बनाउनेछौं, जो मानव सशक्तीकरणको दिशामा आधारशिला हुनेछ।

(संयुक्त राष्ट्रसंघले ‘च्याम्पियन अफ द द अर्थ अवार्डबाट सम्मानित गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न सञ्चारमाध्यममा लेखेको लेखको भावानुवाद)

ताजा समाचार

सम्बन्धित समाचार