भरतपुरलाई फोहोरमैला व्यवस्थापनमा नमूना बनाउने मेयरको घोषणा

चितवन– भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले महानगरलाई फोहोरमैला व्यवस्थापनमा नमूना बनाउने घोषणा गरेकी छिन्।

मेयर दाहालले भरतपुर महानगरपालिकाले फोहोरमैला व्यवस्थापन गर्न दीर्घकालीन योजना बनाउने तयारीमा लागेको समेत जानकारी दिइन्।

चितवनको गैंडाकोट बिहीबार भएकोे ‘सहरीकरण, जलवायु परिवर्तन र अनुसन्धान सम्बन्धी गोष्ठी’ मा दाहालले भनिन् ‘स्मार्ट सिटीको अवधारण पुरा गर्न फोहोरमैलाको दीर्घकालीन व्यवस्थापन गरी भरतपुरलाई नमूना सहर बनाइने छ।’

कार्यक्रममा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्दै दीर्घकालीन फोहोर व्यवस्थापन गरे मात्र स्मार्ट सिटी बनाउन सकिने बताएका थिए ।

कार्यक्रममा प्लास्टिक व्यवस्थापन, कर नीति र हाइड्रो डाइनामिक मोडलिङबारे डा.मणि नेपाल,प्लाष्टिक फोहोर र व्यवस्थापनको विषयमा विज्ञ ऋषि कट्टेल, भरतपुर महानगरपालिकाकोे फोहोर संकलन सुधार गर्न उपभोक्ताहरुको चाहनामा डा. राजेश राईले कार्यपत्र प्रस्तुत गरेका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार