काठमाडौं–भारतको गुजरातमा तीन हप्तामा २३ वटा सिंहको मृत्यु भएपछि संरक्षणविद्हरुले चिन्ता व्यक्त गरेका छन्। बुधबार मात्रै दुईवटा सिंहको मृत्यु भएको थियो।
विशेषत एक आपसमा जुधेर र विभिन्न संक्रमणको कारणको सिंहको मृत्यु भएको सरकारी अधिकारीहरूले जनाएका छन्।
सिंहको मृत्युको क्रम बढेपछि केहीलाई उद्धार समेत गरिएको छ। गीरकाे डलखानिया जंगलमा भएको यो मृत्युलाई गुजरात राज्य सरकारले दुर्भाग्यको संज्ञा दिएको छ। यतिबेला विरामी सिंहपत्ता लगाउन राज्य सरकारले विशेष टोली खटाएको छ।
२५ सिंहको ऐनियमल मेडिकल सेन्टरमा उपचार भइरहेकोमा ९ वटा सिंहको अवस्था गम्भीर रहेको छ। भारतीय सञ्चारमाध्यमहरुले त्यहाँको वन विभागलाई उदृत गर्दै समाचारमा जनाए अनुसार १२ सेप्टेम्बरदेखि २ अक्टुबरसम्म २३ सिंहको मृत्यु भएको हो। घटनाक्रम अनुसार ११ सेप्टेम्बरदेखि १९ सेप्टेम्बरसम्म ११ सिंहको मृत्यु भएको थियो, भने २० देखि ३० सेप्टेम्बरसम्म थप १० सिंहको मृत्यु भएको थियो। यसैगरी, ३० सेप्टेबरमा २ र २ अक्टुबरमा २ सिंहको मृत्यु भएको थियो।





