काठमाडौं–नेपालमा मनसुनको प्रभाव प्रायः शून्य रहेपनि पूर्वी क्षेत्रमा अनय पहाडी भुभागमा बदली देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतिर ‘बिलए’ हुने क्रममा छ।
तर, नेपालबाट मनसुन बाहिर नसकिएकाले बिहीबार देशको पूर्वी क्षेत्र र अन्य पहाडी भुभागमा आंशिक बदली भएकाले पहाडी क्षेत्रमा हल्का चिसो महसुस भएको छ। ‘एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ,’ उनले भनिन्।
शुक्रबार रातिदेखि देशैभरि मौसम सामान्यतया सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ।
नेपालबाट औसतमा २३ सेप्टेम्बरमा मनसुन हट्नुपर्ने भएपनि यस वर्ष अक्टोबर पहिलो साता मात्र सकिन लागेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाको पछिल्लो १० वर्षको तथ्यांक अनुसार मनसुन अक्टोबरमा मात्र हट्को छ। याे वर्ष अाैसतभन्दा २ दिन अगाडि जुन ८ मै मनसुन प्रवेश भएकाे थियाे।





