भक्तपुर–खानेपानीका लागि भक्तपुरकाे सूर्यविनायक नगरपालिका– १० सूर्यमोड र महादेव खोला मुहान पोखरीमा सम्भाव्यता अध्ययन थालिएकाे छ।
चीनको ‘चाइना कन्सल्टेन्ट कन्स्ट्रक्सन कम्पनी’ ले ती दुर्इ ठाउँमा बाँध बनाएर खानेपानी काठमाडौं उपत्यकामा वितरण गर्ने योजनासहित सम्भाव्यता अध्ययन थालेको जनाइएकाे छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा चीन सरकारसँग काठमाडौं उपत्यकामा चार बाँध बनाउनेबारे भएको सम्झौताअनुसार नै सम्भाव्यता अध्ययन थालिएको सांसद महेश बस्नेतले बताए।
निर्माणसँगै पानी संकलन गरी शुद्धीकरण विधि अपनाएर उपत्यकामा खानेपानी वितरण गर्ने योजना रहेको जनाइएकाे छ। यी दुई स्थानमा बाँध बनाइ पानी वितरण गर्न सके यहाँको ३० प्रतिशत पानीले भक्तपुरलाई तथा ७० प्रतिशत पानी काठमाडौँ पठाउन सकिने बताइन्छ।





