पूर्ण सरसफाइयुक्त वडा घोषणा

दमौली–तनहुँको देवघाट गाउँपालिका–१ लाई गण्डकी प्रदेशकै तेस्रो पूर्ण सरसफाइयुक्त वडा घोषणा गरिएको छ ।

नियमितरुपमा चर्पीको प्रयोग, साबुन पानीले हात धुने, पिउने पानीको सुरक्षित व्यवस्थापन र शुद्धीकरण, व्यक्तिगत सरसफाइ तथा स्वच्छतामा सुधार तथा घरभित्र र बाहिरका फोहरमैलाको उचित व्यवस्थापनलगायतका मापदण्ड पूरा भएपछि उक्त वडालाई पूर्ण सरसफाइयुक्त घोषणा गरिएको हो।

यसअघि तनहुँकै भानु नगरपालिका–१३ लाई पहिलो र देवघाट गाउँपालिका–२ लाई दोस्रो पूर्ण सरसफाइयुक्त वडा घोषणा गरिसकिएको छ। देवघाट गाउँपालिका–१ लाई पूर्ण सरसफाइयुक्त वडा घोषणा गर्दै गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले स्वास्थ्य र सरसफाइमा नागरिक पूर्ण सचेत बन्नुपर्नेमा जोड दिए। उनले घोषणा गर्नु मात्रै ठूलो कुरा नभएकाले यसलाई निरन्तरता दिनु चुनौती रहेको बताए।

पाँच सय १८ घरधुरी रहेको वडाका हरेक घरधुरीले पूर्ण सरसफाइका सबै सूचक पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। रासस

ताजा समाचार

सम्बन्धित समाचार