धमाधम पेशा परिवर्तन गर्दै चौंरीपालक

पाँचथर– जिल्लाको हिमाली क्षेत्रमा वर्षाैदेखि परम्परागत रूपले चलिआएको चाैंरीपालन पेशा नै संकटमा पर्दै गएको छ। चाैंरीपालन पेशा इलाम, पाँचथर र ताप्लेजुङका हिमाली क्षेत्रमा गरिँदै अाएकाे छ।

चर्दै चाैंरी।

केही वर्ष अघिसम्म पाँचथरमा ४० वटा चौंरी गोठ रहेकोमा हाल ३१ वटा मात्र छन्। जसमध्ये फालेलुङ गाउँपालिकामा २३ र याङवरकमा ८ गोठ मात्र छन्। फालेलुङ ५ का चौंरीपालक चन्द्रप्रसाद काफ्ले भन्छन्, ‘चांैरीपालन व्यवसायमा फाइदा पनि राम्रै छ, तर युवा खाडीतिर लागेपछि काम गर्ने मान्छे नै पाइँदैनन्।’

फालेलुङ ५ का चौंंरीपालक डिल्लीप्रसाद केरुङ भन्छन्, ‘चौंरीपालनका लागि सहयोगी नपाएपछि पेशा नै छाडिदिएँ।’ काप्mले पनि चौंरी गोठ बेचेर बिर्तामोडमा गाईपालन गर्देछन् ।

याङवरक गाउँपालिका–१ का गर्जमान गुरुङ चौंरीपालन छाडेर च्याङथापु बजारमा बोडिङ स्कुल चलाएर बसेका छन् भने ताप्लेजुङस्थित सिदिङमा गाउँपालिका १ का कर्णबहादुर बानियाँ पनि चौंरीपालन छाडेर पाँचचथरको याङवरक २ फलैचा बजारमा किराना पसल चलाउन थालेका छन्।

इलाम,पाँचथर र ताप्लेजुङ जिल्लाका एक दर्जन चाैंरीपालकले पेशा परिवर्तन गरेको काफ्लेको अनुमान छ। चौंरीपालन अन्य पेशा, व्यवसाय जस्तै देखिए पनि यो मानव जीवन र संस्कृतिसँग गाँसिएकाले छुट्टै महत्व रहको फालेलुङ ६ का चौंरीपालक राजेन्द्र राई बताउँछन्। ‘हामी चाैंरीको दूधबाट घ्यु निकाल्ने, छुर्पी बनाउछौं। चौंरी ढुवानीको साधन पनि हो,’ उनी भन्छन्,‘चौंरी वातावरण अनुकूलनसँग पनि गाँसिएको छ।’

चीनमा चौंरीपालन सम्बन्धी अवलोकन भ्रमण गरेर फर्किएका पाँचथरस्थित फालेलुङ चौंरीपालक कृषक समूहका उपाध्यक्ष जंगप्रसाद राई भन्छन्, ‘चौंरीका सबै अंगप्रत्यंगबाट आर्थिक लाभ लिन सकिँदो रहेछ।’

चाैंरीकाे दूधबाट बनेकाे छुर्पी।

‘चौंरीसँग हाम्रो निकट सम्बन्ध छ, चौरीको मासु बिना हाम्रो देवताको पूजा चल्दैन चौंरीको राैं, पुच्छर हाम्रो संस्कारमा आवश्यक पर्छ,’ लुम्ले भोटिया भन्छन्, ‘चौंरी हराएमा संस्कार र सस्कृति समेत नामेट हुन्छ होला ।’

चौरीको पुच्छर हिन्दु, बौद्ध र किरात धर्मावलम्बी सबैका लागि शुभ मानिन्छ। मन्दिर, गुम्बा माङहिम (लिम्बु जातिको मन्दिर) माङखिम (राइ जातिको मन्दिर) मा पनि चौरीको पुच्छर राख्ने गरिएको नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरका अध्यक्ष रिन्जी शेर्पाे बताउँछन् ।

चौंरीको संरक्षण र सम्वद्र्धनका लागि २०७४ वैशाख १ देखि चौंरी महोत्सवको आयोजना गरिँदै आएको छ । महोत्सव प्रत्येक वर्ष वैशाख १ गते आयोजना गर्ने गरी संस्थागत निर्णय नै गरएिको फालेलुङ कञ्चनजंघा पर्यापर्यटन प्रवद्र्धन समिति पाँचथरका अध्यक्ष डिल्लीप्रसाद केरुङले बताए।

चाैंरी दुहुदै एक स्थानीय।

‘भारतको सिक्किममा चाैंरीलाई नेपालको इलाममा पर्यटकलाई घोडा चढाए बापत पैसा लिने व्यवसाय चलाए जस्तै गरी चौंरीलाई प्रयोग गर्र्छन् त्यहाँ यो कार्यलाई याक राइडर भनिन्छ। यो व्यवसाय गरेर पनि उनीहरुले फाइदा लिइ रहेका छन्,’ फालेलुङ कञ्चनजंघा पर्या–पर्यटन तथा प्रवद्र्धन समितीका उपाध्यक्ष शिल्पकुमार राइ भन्छन्।

दिपज्योति युवा क्लब फालेलुङका कार्यकारी अधिकृत सुनिल बान्तावा चौंरी हिमालको गहनासँगै हिमाली क्षेत्रको पारिस्थिकीय प्रणालीको महत्वपुर्ण प्राणी भएकाले संरक्षण गर्न जरुरी रहेको ठान्छन्।

ताजा समाचार

सम्बन्धित समाचार