बाँके–प्रहरीले चितुवाको छाला र दाह्रासहित गए दुई जनालाई पक्राउ गरेको छ।
वैजनाथ गाउँपालिका–१ गाभरबाट बर्दिया बाँसगढी नगरपालिका–१ का चन्दन नेपाली र कृष्ण वादीलाई पक्राउ गरिएको प्रदेश ५ प्रहरी अनुसन्धान ब्यूरोको टोलीले जनाएको छ।
नेपालीसँग रहेको झोलाबाट चितुवाको १ सय ४ इञ्च लामो छाला, ६ वटा दाह्रा तथा वादीको झोलाबाट ९० इञ्च लामो छाला बरामद गरिएको प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले जानकारी दिए। पक्राउ परेका दुबै जनालाई कारवाहीका लागि डिभिजन वन कार्यालय नेपालगञ्ज पठाइएको छ।





