काठमाडौं– सरकारले ‘खाद्य स्वच्छता तथा गुणस्तर अभियान–२०७५’ सुरू गरेको छ ।
बिहीबार कृषि तथा पशुपक्षी मन्त्री चक्रपाणि खनालले अभियानको उद्घाटन गर्दै खाद्य स्वच्छता तथा गुणस्तर अभियानलाई सफल पार्न सबैलाई आग्रह गरेका छन् ।
दूध तथा दुग्ध पदार्थ, प्रशोधित पिउने पानी, खाने तेल लगायतका अन्य खाद्यवस्तुको स्वच्छता र गुणस्तरबारेमा व्यापक जनचेतना फैलाउने उद्देश्यले अभियान सुरू गरेको मन्त्री खनालले स्पष्ट पारे । साथै, यो अभियानलाई साथ दिन स्थानीय र प्रदेश सरकारलाई समेत मन्त्री खनालले आग्रह गरेका छन् ।
नेपालमा खाद्यवस्तुमा मिसावट गरि जनस्वास्थ्यमा खेलवाड भैरको अवस्थामा सरकारले खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धि अभियान संचालन गरेको उनले बताए ।





