आज प्रकाशित पत्रपत्रिकामा वन,वातावरण र विकासका समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।
कान्तिपुर
आजको कान्तिपुर दैनिकमा ‘पप्पुद्वारा ठेक्का बिक्री’शीर्षकमा कमल पन्थीले लेखेको समाचार प्रकाशित छ ।
पप्पु कन्स्ट्रक्सनले हुलाकी राजमार्ग योजनासँग निर्माण सम्झौता गरी अर्को कम्पनीलाई ठेक्का बिक्री गरेको छ । र्माणाधीन हुलाकी सडकको मुर्तिहा (सीमा) देखि बेलवाससम्म १८ किलोमिटर खण्डको जिम्मेवारी लिएको पप्पुले गणपति निर्माण सेवालाई ठेक्का बेचेको हो ।
‘जैविक मार्ग मासिने चिन्ता’ शीर्षकमा धनगढीको समाचार छापिएको छ । चार दशक अघिसम्म चुरेफेदीको भावर क्षेत्र नेपालकै घना जंगलका रूपमा चिनिन्थ्यो । बसिेर्नि अतिक्रमण र काठ चोरी तस्करीले वनक्षेत्र नासिँदै गयो । त्यस क्रममा कैलालीको गोदावरी क्षेत्र त झन् उजाडै भयो । त्यसैले यहाँको वनक्षेत्रलाई पुनर्जीवन दिन स्थानीय संरक्षणकर्मी सामुदायिक वनको अवधारणाअन्तर्गत दशक अघिदेखि जुटे ।
अहिले वनमा हराभरा फर्कन थालेको छ । मोहना कोरिडोर समन्वय समितिका अध्यक्ष राजबहादुर ऐरका अनुसार कैलालीको गोदावरी नगरपालिका २ मा पर्ने तेघरी सामुदायिक वनक्षेत्र अहिलेको अवस्थामा फर्केको धेरै समय भएको छैन ।
‘असारे विकास’ रोक्न ताते जनप्रतिनिधि’ शीर्षकमा समाचार छापिएको छ ।
माघ पहिलो सातादेखि उपभोक्ता समिति गठन । मसान्तसम्म सम्झौता र फागुनबाट विकास निर्माणको काम सुरु गरिन्थ्यो । समय अभावले असारसम्म योजना अधुरै रहन्थे ।
बजेट सक्नलाई हतार–हतारमा गुणस्तरहीन काम हुने गथ्र्यो । त्यही भएर ‘असारे विकास’ ले थुपै्र स्थानीय तह बदनाम कहलिएका छन ।
बर्खामा हतारहतार बजेट सक्ने प्रवृत्तिलाई निरुत्साहित पार्न यहाँको लेकबेंसी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरू यतिबेला टोल–टोलमा उपभोक्ता समिति गठन गर्न व्यस्त छन ।
त्यसैगरी मेलम्ची दुई महिनाभित्रै,बन्द रबर उद्योगप्रति प्रदेशको चासो र पदमार्गका पाहुनालाई खादा र टिका शीर्षकमा पनि आजको कान्तिपुरले समाचार छापेको छ ।
नयाँ पत्रिका
‘दुनियाँमा ७८ हजार हेक्टरसम्मका विमानस्थल’शीर्षकमा प्रथम पृष्ठ समाचार छापिएको छ ।
करिब ७८ हजार हेक्टर क्षेत्रफलमा फैलिएको किङ फाद इन्टरनेसनल एयरपोर्ट संसारकै सबैभन्दा ठूलो विमानस्थल हो । यो विमानस्थलको डिजाइन सन् १९७६ मा थालिएको थियो भने १९८३ मा निर्माण सुरु भएको थियो । यो विमानस्थल सन् १९९९ देखि व्यावसायिक रूपमा सञ्चालनमा छ ।
‘सडक भत्काउँदा मेलम्चीलाई ९० करोड जरिवाना’शीर्षकमा अर्जुन पौडेलले लेखेको समाचार छापिएको छ ।
मेलम्ची खानेपानी आयोजनाले सडक विभागलाई ९० करोड रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ । आयोजना निर्माणका क्रममा पाइप बिछ्याउँदा ठाउँ–ठाउँमा सडक भत्किएकाले क्षतिपूर्तिबापत ठूलो रकम बुझाउनुपरेको हो ।
विभागलाई ३० करोड रुपैयाँ भुक्तानी दिइसकेको मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । बाँकी रहेको पनि भुक्तानी दिने प्रक्रियामा रहेको निर्देशनालय प्रवक्ता दिवाकरप्रसाद ढकालले बताए । ‘मुख्य सडक भत्काएबापत ९० करोड तिर्दै छौँ, हामीले भत्काएका शाखा सडक त हामी बनाइदिन्छौँ,’ उनले भने ।
‘दसैँमा गाडी अभाव हुने, फूलपातीअघि नै घर जान यातायात विभागको आग्रह’ शीर्षकमा प्रमथ पृष्ठमै समाचार छापिएको छ ।
यातायात व्यवसायीले गाडी नथप्ने र यातायात व्यवस्था विभागले पनि वैकल्पिक व्यवस्था नमिलाउने भएपछि दसैँमा यात्रामा समस्या हुने भएको छ । विभागले नै दसैँमा गाडी अभाव हुने संकेत गरेको हो । विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले फूलपातीपछि बढ्ने यात्रुको चाप थेग्न समस्या पर्ने बताएका छन् । उनले फूलपाती कुर्दा टिकट पाउन समस्या हुन सक्ने हुँदा मिलेसम्म फूलपातीअघि नै घर जान यात्रुलाई आग्रह गरेका छन।
त्यसैगरी धारो बन्यो,पानी आएन र निजगढ विमानस्थल विवादरहित आयोजना हुनुपर्छ शीर्षकमा यज्ञप्रसाद गौतमको विचार छापिएको छ ।
गोरखापत्र
‘भूमिगत स्रोत सुकेपछि पिउने पानीको संकट’शीर्षकमा समाचार छापिएको छ । पानीको भूमिगत स्रोत सुकेपछि कपिलवस्तुको धनकौलीस्थित ३ गाँउका बासिन्दा काकाकुल बनेका छन् ।
सालको अवैध काठ बरामद र वर्षाले ग्रामिण सडक दयनिय शीर्षकमा पनि समाचार छापिएको छ ।
नेपाल समाचारपत्र
‘पानीको बहाब घटेसँगै कालीगण्डकीमा ¥याफ्टीङ्ग शुरु’शीर्षकमा समाचार छापिएको छ ।
नदीमापानीको बहाब घटेसँगै कालीगण्डकीमा जलयात्रा (¥याफ्टीङ्ग शुरु भएको छ । गत जेठअन्तिम सातादेखि बन्दभएको ¥याफ्टीङ्गका लागिपर्यटकहरु आउने क्रम शुरु भएपछिबुधवारदेखि शुरु भएको हो । सिजनको शुरुवातबुधवारवाट भएको व्यावसायीहरुले बताएका छन ।
अंग्रेजीमहिना सेप्टेम्बरको मध्यदेखि अक्टुबरको अन्त्य सम्म सञ्चालनहुने भएपनि यसपटक एक साता ढिलोगरी ¥याफटिङ्ग शुरु भएको हो । वर्षाको समाप्तीसँगै असोजको पहिलो सातादेखि जलयात्रामापर्यटक आउने क्रम शुरु भएको थियो ।
‘महाकाली तटिय क्षेत्रमा सधै बाढीको त्रास’शीर्षकमा विनोद सिंह विष्टले लेखेको समाचार छापिएको छ ।
महाकाली नदी किनारमा रहेको बैतडीको दशरथचन्द नगरपालिका–६, सेराका बासिन्दा बर्खाको समयमा सधै बाढीको त्रासमा हुने गरेका छन् ।
बर्षेनी नदीले जमिन कटान गर्दै लगेको स्थानीय बासीन्दाको भनाई रहेको छ । बाढीले कुन दिन घर बगाउछ भनेर सेराका करिब एक सय परिवार सधै बाढीको त्रासमा हुन्छन् । गत वर्ष महाकाली नदीमा बाढी आउँदा ६ घर परिवार तीन दिनसम्म घर छोडेर आफन्तकोमा बसेको बताउँछन् ।
राजधानी
‘आउला त दुई महिनामा मेलम्चीको पानी ?’शीर्षकमा शिव दुवाडीले लेखेको समाचार छापिएको छ ।
अबको दुई महिनाभित्रै मेलम्चीको पानी काठमाडौं उपत्यकावासीले पिउन पाउने सम्भावना देखिएको छ । पटकपटक भाखा सार्दै आएको मेलम्ची खानेपानी आयोजनाले मंसिरभित्रै काठमाडौंवासीको मेलम्चीको पानी पिउने सपना पूरा गर्ने घोषणा गरेसँगै उपत्यकावासीको वर्षौंदेखिको सपना पूरा हुने दिन नजिकिएको हो ।
मेलम्ची खानेपानी आयोजनाका प्रमुख सूर्यराज कँडेलले ६० दिनभित्र उपत्यकामा मेलम्चीको खानेपानी आइपुग्ने बताएका छन् । दसैंभित्र मेलम्चीको पानी उपत्यकामा ल्याउने तयारीका साथ काम गरिएको भए पनि अन्य प्राविधिक कारणले त्यो योजना तिहारपछि मात्र पूरा हुने भएको उनले बताए ।
नागरिक
‘दिक्कलाग्दो हुलाकी मार्ग’शीर्षकमा मिथिलेश यादवले लेखेको समाचार छापिएको छ ।
ठेकेदारले रकम निकासापछि पनि काम अघि नबढाउँदा मधेसको जीवनरेखा मानिने हुलाकी सडक निर्माण सुस्त बनेको भन्दै पत्रकार एवं सामाजिक अभियन्ता रामरिझन यादवले जागरण अभियान सुरु गरेका छन्। हुलाकी सडक संघर्ष समितिका संयोजकसमेत रहेका यादवले हुलाकी सडकको अवस्था पहिलाको भन्दा बढी लथालिंग परेकाले जागरण अभियान सुरु गर्नुपरेको बताए।
‘जंगल फाँडेर राजधानी बनाइँदा चुरे जोखिममा’शीर्षकमा दिलबहादुर छत्यालले लेखेको समाचार छापिएको छ ।
प्रदेश ७ को राजधानी चुरेको फेद गोदावरी नगरपालिकामा बन्ने करिब निश्चितजस्तै बनेको छ। संसद्ले राजधानीको स्थान र नाम तोक्नका लागि गठन गरेको विशेष सुझाव समितिले गोदावरी–६ तेघरीनजिकको जंगलमा राख्न पेस गरेको प्रस्तावको समर्थनमा सत्तापक्षका सांसद उभिएपछि यो पारित हुने भएको हो। संसद्मा प्रस्ताव पेस भएको ठाउँमा वन फँडानी गरेर राजधानी बनाइएमा पर्यावरणका साथै चुरे उच्च जोखिममा पर्ने भनेर सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।
अन्नपूर्ण पोस्ट
‘सय वटा हिमाल पुग्ने बाटो छैन’शीर्षकमा छेटु शेर्पाले लेखेको समाचार छापिएको छ ।
एक दशकअघि सरकारले चार सय तीन वटा हिमालको पहिचान र्गयो । तर अहिलेसम्म सयभन्दा बढी हिमालको आधारशिविर पुग्ने बाटो र भौतिक संरचना निर्माण हुन सकेको छैन । यसैकारण पर्यटन प्रवर्द्धन हुन सकेको छैन ।
यी हिमालमा बाटो र भौतिक संरचना अभावमा आरोहणसमेत रोकिएको छ । बर्से्नि सयौं आरोही पुग्ने हिमाल गुमनाम र प्रवर्द्धन नभएको भन्दै नेपाल पर्वतारोहण संघले आफूलाई जिम्मा दिन सरकारसँग माग गरेको छ ।
‘मेलम्ची आउन अझै तीन महिना’शीर्षक्मा खगेन्द्र भण्डारीले लेखेको समाचार छापिएको छ ।
दसैंमा काठमाडौंवासीका घरमा मेलम्चीको पानी आउने खानेपानी तथा सरसफाइमन्त्री बिना मगरको दाबी पूरा नहुने देखिएको छ । सुरुङ निर्माणमा भइरहेको ढिलाइले बहुप्रतीक्षित राष्ट्रिय गौरवको आयोजना मेलम्चीको पानी काठमाडौं आउन अझै तीन महिना लाग्ने बताइएको छ ।
करिब २६ किलोमिटर लामो सुरुङमध्ये १० किलोमिटर सुरुङ निर्माण बाँकी रहेको मेलम्ची खानेपानी आयोजना प्रमुख सूर्यराज कँडेलले जानकारी दिए । बिहीबार राष्ट्रियसभा मातहतको राष्ट्रिय सरोकार तथा समन्वय समितिलाई मेलम्ची आयोजनाबारे जानकारी दिँदै उनले भने, ‘दसैंमा पानी ल्याउन गाह्रो छ, हामीले अनुमान गरेअनुसार काम हुन ढिलाइ भयो ।’
त्यसैगरी पर्यटन सम्भावनाको खोजी,ढंगागिट्टको ठेक्का लाग्दा समस्या,कालीगण्डकी ए मर्मत सुरु,जोखिममा बगरफाँटवासी शीर्षकमा पनि समाचार छापिएको छ ।





