पर्यटन दिवस : आठ महिनामा साढे ६ लाख पर्यटक भित्रीए

काठमाडौँ– आज विश्व पर्यटन दिवस । ‘पर्यटन र सूचनाप्रविधि रूपान्तरण’भन्ने मूल नाराका साथ ३९औँ विश्व पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक राज जोशीका अनुसार काठमाडौं लगायत देशभर पर्यटन दिवस मनाइएको छ।

नेपाल पर्यटन बोर्डले सोही अवसरमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पहिलो अवतरण गर्ने टर्की एयरलाइन्सबाट आउने पर्यटकलाई स्वागत गरेको जनाएको छ ।

कार्यकारी अधिकृत जोशीले दिवसको अवसरमा नेपालमा सबैभन्दा बढी पर्यटन भित्राउने एयरलाइन्सलाई समेत पुरस्कृत गरेको जानकारी दिए । नेपालमा पहिलो पटक ‘पर्यटन उद्यमी सिट क्याम्प’को पनि सुरूवात गरेको उनले जानकारी गराए।

त्यसैगरी भिलेज टुरिजम फोरमले तीन वटा क्षेत्रलाई ग्रामिण पर्यटन स्थलको रूपमा घोषण गरेको छ । जसमा राराको मुर्मा ,रामेछापको दोरम्बा र लमजुङको राइनाथ गाउँ रहेका छन् ।

उनले सन् २०१८ को अगस्टसम्म ६ लाख बढी पर्यटक नेपालमा भित्रीएको बताए । ‘यो वर्षको अगस्टसम्म विभिन्न देशहरूबाट ६ लाख बढी पर्यटक नेपाल आएका छन्,’उनले भने ।

नेपाल पर्यटन बोर्डको तथ्याङक अनुसार सन् २०१७ मा १० लाख पर्यटक नेपाल आएका थिए । सन् २०२० लाई नेपाल पर्यटन वर्ष मनाएर २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्ये रहेको छ ।

कार्यकारी प्रमखु जोशीका अनुसार सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा घोषणा गरेपछि नेपालमा पर्यटक भित्र्याउनका लागि स्थानीय तहदेखि सबैतिर प्रचारप्रसारलाई तिब्र पारिरहेको बताए ।

विश्व पर्यटन संगठनका अनुसार सन् २०१७ मा विश्वमा अन्तराष्ट्रिय पर्यटकको संख्या एक अरब ३२ करोड छ । दक्षिण एसियामा कुल विदेशी पर्यटक आगमनको ५८ प्रतिशत र आम्दानीको ६९ प्रतिशत भारतले प्राप्त गर्छ भने नेपालको पर्यटक आगमनमा चार प्रतिशत र आम्दानी २ प्रतिशत मात्रै छ ।

ताजा समाचार

सम्बन्धित समाचार