ढल व्यवस्थापन र ट्यांकरको अनुगमन गर्न निर्देशिका मस्यौदा समिति गठन

काठमाडौं– खानेपानी मन्त्रालयले देशभरको ढल व्यवस्थापन र पानी बोक्ने बोक्ने ट्यांकरको अनुगमन गर्न निर्देशिका मस्यौदा समिति बनाएको छ ।

मन्त्रालयको सभाहलमा खानेपानीमन्त्री बिना मगरको अध्यक्षतामा बसेको बैठकले देशैभरी ढलको व्यवस्थापन तथा अनुगमन गर्न र ढलको प्रारम्भिक प्रशोधन गरेर मात्र निस्काशन गर्ने व्यवस्था मिलाउन मस्यौदा समिति बनाएको हो ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक संजीव विक्रम राणाको संयोजकत्वमा तीन सदस्यीय पानीको स्रोत तथा ट्यांकर व्यवस्थापन निर्देशिका मस्यौदा समिति र मन्त्रालयका सहसचिव अनिलभद्र खनालको संयोजकत्वमा छ सदस्यीय फोहोर पानी निस्काशन निर्देशिका मस्यौदा समिति मन्त्रालयले गठन गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार