काठमाडौं–गत बिहीबार बंगालको खाडीबाट शुरु भएको ‘डाय’ नामक सामुन्द्रिक आँधीको प्रभाव निस्किय बनेपनि नेपालको पश्चिमी क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको राजस्थानबाट उत्तरतर्फ सर्दै गरेको निम्नचापीय प्रणाली र पश्चिमबाट आइरहेको पश्चिमी निम्न चापीय प्रणाली भारतको उत्तराखण्ड तथा आसपासको क्षेत्रमा मर्ज हुने देखिएको छ।
जसको प्रभाव नेपालको पश्चिमी क्षेत्रमा पर्ने महाशाखाको पूर्वानुमान छ। ‘सोमबार बेलुकी पश्चिमी क्षेत्रको केहि स्थानमा हल्कादेखि मध्यम वर्षा र एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ,’ महाशाखाले बुलेटिनमा भनेको छ।
यसैगरी, मध्य र पूर्वका एक–दुई स्थानमा पनि हल्का वर्षा हुने सम्भावना रहेको जनाइएको छ।





