काठमाडाैं– माैसम पूर्वानुमान महाशाखाले अागामी तीन दिनकाे माैसमकाे प्रक्षेपण गरेकाे छ।
महाशाखाले अाइतबार बुलेटिन जारी गरी अागामी तीन दिनससम्म हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरेकाे हाे।
अाइतबार
दिउँसो : देशका पश्चिमी भुभागमा सामान्य बदली अनि मध्य र पूर्वका भुभागमा आंशिकदेखि सामान्य बदली भइ पश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना र बाँकी स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ।
राति : देशका पश्चिमी भुभागमा सामान्य बदली र बाँकी स्थानमा आंशिकदेखि सामान्य बदली भइ पश्चिमका केही स्थानमा हल्कादेखि मध्यम र पूर्व तथा मध्यका एक दुर्इ स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
सोमबार
दिउँसो : देशका पश्चिमी भुभागमा सामान्य बदली अनि मध्य र पूर्वका भुभागमा आंशिकदेखि सामान्य बदली भइ पश्चिमका केही स्थानमा हल्कादेखि मध्यम खालको र मध्य र पूर्वका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।
राति : रातको समयमा पनि पश्चिमी भुभागमा सामान्य र बाँकी भुभागमा सामान्यदेखि आंशिक बदली भइ पश्चिमका केही स्थानमा हल्कादेखि मध्यम खालको र मध्य र पूर्वका एक दुर्इ स्थानमा हल्का वर्षाको सम्भावना छ।
मगलबार
दिउँसो र राति : देशका पश्चिमी भुभागमा सामान्य बदली अनि मध्य र पूर्वका भुभागमा आंशिकदेखि सामान्य बदली भइ पश्चिमका केही स्थानमा हल्कादेखि मध्यम खालको र मध्य र पूर्व एक, दुर्इ स्थानमा हल्का वर्षाको सम्भावना छ।





