दसैंको मुखमा यातायातको भाडा १० प्रतिशतले बृद्धि

काठमाडौं– यातायात व्यावसायीसँग झुक्दै सरकारले अन्ततः दसैंको मुखमा आएर यातायातको भाडा बृद्धि गर्न सहमत भएको छ।

यसअघि ३१ भदौमा यातायात व्यवस्था विभाग र यातायात समितिहरुबीच भएको सहमति तोड्दै सरकारले दसैं अघि नै १० प्रतिशत भाडा बृद्धि गर्न सहमत भएको हो।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दसैंका लागि अग्रिम टिकट बुकिङ गर्ने भनिएको एक दिन अघि अर्थात् ४ असोजमा आकस्मिक निर्णय गर्दै बुकिङ नखोल्ने भनेपछि सरकार समस्यामा परेको थियो।

पढ्नुहाेस् : दशैँका लागि अग्रिम बुकिङ असोज ५ गतेबाट

तर, शनिबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा भएको वार्तामा इन्धनको मूल्यबृद्धिलाई आधार मानेर आइतबारदेखि लागू हुने गरी भाडादर १० प्रतिशत बढाउने सहमति भएको हो

तर, समय सापेक्ष भाडादर आगामी मंसिर २९ गतेसम्ममा समायोजन गर्ने गरी यातायात व्यवसायी र सरकारबीच सहमति भएको छ। भाडादर समायोजनका लागि समिति गठन गरिनेछ।

योसँगै अब यातायात व्यावसायी बसको अग्रिम टिकट बुकिङका लागि सहमत भएपनि मिति तोकिएको छैन। नेपाल आयल निगमले १ असोजमा प्रतिलिटर पेट्रोलमा २ र डिजेल तथा मट्टीतेलमा ३–३ रुपैयाँ मूल्यवृद्धि गरेको थियो।

यसैगरी, सरकार र यातायात व्यावसायीहरुबीच यातायात व्यवसायी संघ/ समितिको रोक्का रहेको बैंक खाताबाट समितिको अनिवार्य दायित्वभित्र पर्ने खर्चहरु भुक्तानी गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई आग्रह गर्ने सहमति भएको छ।

पढ्नुहाेस् : दसैंको बस टिकट बुकिङ नगर्ने यातायात व्यावसायीको निर्णय

सिण्डिकेटको अन्त्यको घोषणा गर्दै सरकारले यअसघि २ सय ४५ समितिको बैंक खाता रोक्का गरेको थियो।

ताजा समाचार

सम्बन्धित समाचार