राष्ट्रिय संरक्षण दिवस मनाइँदै, बाघको संख्या सार्वजनिक गरिदै

काठमाडौं– राष्ट्रिय संरक्षण दिवस आइतबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्षको अशोज ७ गतेलाई सरकारले राष्ट्रिय संरक्षण दिवसका रुपमा मनाउने गरेको छ ।

विक्रम संवत २०६३ असोज ७ गते तत्कालीन वनमन्त्री गोपाल राई, वन र वातावरण क्षेत्रका विज्ञ डाक्टर हर्क गुरुङ, डाक्टर चन्द्र गुरुङलगायत २४ जनाको ताप्लेजुङको घुन्सामा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उनीहरुको योगदानको स्मरण गर्दै असोज ७ गतेलाई राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउन थालिएको हो ।

दिवसको अवसरमा वन तथा वातावरण मन्त्रालयले आइतबार विहान सातदोवाटोस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको सभाहलमा एक समारोह गर्दैछ ।

यही समारोहमा सन् २०१८ को बाघ गणना पनि सार्वजनिक गरिने मन्त्रालयका सहसचिव महेश्वर ढकालले बताए ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अगुवाईमा भएको गणनाको नतिजा २९ जुलाईमा पर्ने विश्व बाघ दिवसकै दिन गर्ने तयारी भएपनि अन्तिममा आएर स्थगीत भएको थियो ।

‘बाघको संख्या चाँही सार्वजनिक गरिदैछ ’, विभागका सूचना अधिकारी नारायण रुपाखेतीले भने , ‘संख्या अहिले नसोध्नुहोस् , कार्यक्रममै सार्वजनिक हुन्छ।’

ताजा समाचार

सम्बन्धित समाचार