विश्व गैंडा दिवस, गैंडाको संख्या बढ्दै

काठमाडौं–गैंडा संरक्षणमा जोड दिदै शनिबार गैंडा पाइने देशमा विश्व गैंडा दिवस मनाइएको छ ।

हरेक वर्षको सेप्टेम्बर २२ तारिखमा सो दिवस मनाउने गरिन्छ ।

नेपालमा विश्वकै दुर्लभ वन्यजन्तु एकसिंगे गैंडा पाइएपनि सरकारबाट शनिबार कुनै औपचारिक कार्यक्रम भने आयोजना नगरीएको वन तथा वातावरण मन्त्रालयका सहसचिव डा महेश्वर ढकालले जानकारी दिए ।

गैंडा एक शाकाहारी जनावर हो। यसको शरीरमा एक मोटो सुरक्षात्मक छाला हुन्छ।एकसिंगे गैंडा नेपाल र भारतमा मात्र पाइने गैंडाको लोपोन्मुख प्रजाति हो । यसको २० देखि १०० सेमी लामो एउटा सींग हुन्छ। यसको आकार अफ्रीकामा पाइने सेतो गैंडाको जत्रो हुने विज्ञहरु बताउँछन् ।

यसको शरीरको सबै भागमा मोटो छालाले ढाकेको हुन्छ । प्राचिन समयमा एकसिंगे गैंडा पाकिस्तान, चीन, नेपाल र भारत साथै बर्माको केहि भागमा समेत पाइने गर्दथे । हाल यो नेपाल र भारतका केहि भागमा मात्र पाइने गर्दछ ।
नेपालमा सन् २०१५ मा गरिएको गणना अनुसार ६ सय ४५ वटा एकसिंगे गैंडा रहेका छन् ।

जसमा चितवनमा मात्र ६ सय ५ वटा गैंडा रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तू संरक्षण विभागका उपमहानिर्देशक रामचन्द्र कँडेलले जानकारी दिए ।

उनका अनुसार बर्दियामा २९ , शुक्लाफाँटामा ८ र पर्सामा ३ वटा गैंडा छन् र्। यो २०१५ को गणना हो , उनले भने र्,यसमा कति गैडा मरेका छन् भने कति थपिएका छन् । समग्रमा गैंडाको संख्या बढेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार