काठमाडौं– नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले ध्वाँसे चितुवाको छातासहित तीन जनालाई पक्राउ गरेको छ ।
अवैध रुपमा वन्यजन्तुको आखेटोपहार खरिद बिक्री तथा ओसारपसार हुँदै गरेको सूचनाका आधारमा सीआईबीको टोलीले बिहीबार उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा नगरपालिका–१ बस्ने ५५ वर्षीय शेलबहादुर तामाङ, धादिङको राराङ्ग गाउँपालिका–१ का ३४ बर्षीय बुद्धिमान तामाङ र कास्कीको पाखेरा महानगरपालिका–२४ का ४५ वर्षीय सालिकराम सुवेदी रहेका छन् ।
उनीहरुलाई एक थान चितुवाको छालासहित काठमाडौंको बौद्ध सिद्धार्थमार्गबाट पक्राउ गरेको हो । थप कारवाहीका लागि उनीहरुलाई डिभिजन वन कार्यालय काठमाण्डौमा बुझाईएको सीआईबीका प्रवक्ता सानुराम भट्टराईले बताए ।





