ललितपुरका चार पशुबधशालाकाे मासु बिक्रीमा राेक

काठमाडौं– सरकारले ललितपुरका चार पशुबधशालाको मासु बिक्री बितरणमा रोक लगाएको छ।

कृषि राज्यमन्त्री रामकुमारी चौधरीको नेतृत्वमा गएकाे अनुगमन टोलीले शुक्रबार बिहान ललितपुरका ५ वटा पशु वधशालाको अनुगमन गरेको थियो। तीमध्ये मापदण्ड पूरा नगर्ने  ४ वटाकाे मासु बिक्रीवितरणमा राेक लगाएकाे हाे।

सरसफाइमा ध्यान नदिएको, अत्याधिक फोहोर र फोहोर ठाउँमा मासु काट्काे भन्दै अनुगमन टाेलीले एवन मिट सप, आरके मिट सप तथा देव खड्गी र सुनील शाहीले सञ्चालन गरेका दुईवटा वधशालालाई मासु बिक्री वितरणमा रोक लगाइएको पशु सेवा विभागका महानिर्देशक बिमलकुमार निर्मलले जानकारी दिए। उनका अनुसार लक्ष्मी मिट सपलाई भने सुधार गर्न सचेत गराइएकाे छ।

कृषि राज्यमन्त्री चौधरीले उपभाेक्ताकाे स्वाथ्यमा खेलवाड गर्ने काम भैरहेकोले सुधार नभएसम्म अनुगमनलाई निरन्तरता दिने बताइन्।

अनुगमनमा कृषि मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशुसेवा विभाग र ललितपुर महानगरपालिकाको संयुक्त टोलीको सहभागिता थियो।

ताजा समाचार

सम्बन्धित समाचार