काठमाडौं– सरकारले न्यून गुणस्तर, मिसावट एवं दुषित खाद्य बस्तु उत्पादन गर्न दुई सय व्यवसायिक फर्मविरुद्ध मुद्दा दायर गरेको छ।
जनस्वास्थ्यमा गम्भीर खेलवाड गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ती उद्योगविरुद्ध खाद्य ऐन बमोजिम मुद्दा दायर गरिएको जनाइएको छ।
विभागले अखाद्य वस्तु मिसावट गरेर खाद्यन्न विक्री वितरण गर्ने ती उद्योगविरूद्ध सम्बन्धीत जिल्लाहरूमा मुद्दा दायर गरेको जानकारी दिएको छ।
विभाग तथा सम्बन्धीत कार्यालयले चैतदेखि भदौसम्म देशभरका विभिन्न ठाउँमा निरीक्षण तथा अनुगमन गरेको थियो।
अनुगमनको क्रममा विभिन्न दूध उद्योग, तेल, पानी, चामल, बिस्कुट, पाउरोटी, खाना, डेरी घ्यू, मिठाई जस्ता पसल तथा उद्योगले अखाद्य बस्तु मिसावट गरेको भन्दै ती उद्योगहरू विरूद्ध मुद्दा दर्ता गरेको विभागका सूचना अधिकारी चपला पोखरेलले बताइन्।
विभागले खाद्य उद्योग तथा बजारको उत्पादन स्वच्छता सम्बन्धमा १ हजार ८ सय ९० पटक निरीक्षण तथा अनुगमन गरी १ हजार ३ सय ४३ नमूना संकलन गरेको थियो।
विभागको प्रयोगशालामा ती नमुना परिक्षण गर्दा स्वास्थ्यमा असर पुर्याउने न्यून गुणस्तर, मिसावट तथा दूषित पाइएका नमूनाका आधारमा ती उद्योगविरुद्ध मुद्दा दायर गरेको सूचना अधिकारी पोखरेलले बताइन्।का अनुसार एउटा ताल निर्माणमा १० देखि ७५ लाख खर्च भएको छ।





